उमेश श्रेष्ठलाई कोषाध्यक्ष मनोनित गर्ने देउवाको निर्णय कार्यसम्पादन समितिबाट अनुमोदन


काठमाडौं। कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनित गर्ने निर्णय अनुमोदन भएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई कोषाध्यक्षमा मनोतित गर्ने निर्णय अनुमोदन गरेको हो।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्ने पार्टी सभापति देउवाको निर्णय अनुमोदन भएको छ। केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेसँगै सभापति देउवाको निर्णयले वैधानिकता पाएको हो। पार्टी सभापति देउवाले गत मंसिर ९ गते श्रेष्ठलाई नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनित गरेका थिए। त्यो निर्णयलाई कार्यसम्पादन समितिले सोमबार अनुमोदन गरेको हो।

भोजपुरमा जन्मिएका श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा निकै चर्चामा आएका थिए। छोटो समयमै स्वास्थ्य क्षेत्र सुधारका लागि महत्त्वपूर्ण पहल गरेका श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री हुँदा पनि समन्वयकारी भूमिका निर्वाह गरेका थिए। शिक्षासेवी श्रेष्ठ एक सफल व्यवसायी मात्र नभई सफल राजनीतिज्ञ बनेका छन्। श्रेष्ठ संविधानसभा सदस्यदेखि प्रतिनिधिसभा सदस्य हुँदै स्वास्थ्य राज्यमन्त्री बनेका थिए। अब श्रेष्ठ कांग्रेसको कोषाध्यक्षको रुपमा परिचित हुने थालेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ