बालिका बलत्कारको आरोपमा एमाले नेता एवं विर्तामोडका पूर्वमेयर शिवाकोटी पक्राउ
काठमाडौं। बालिका बलत्कारको आरोपमा एमाले नेता एवं विर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्।
घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीलाई पक्राउ गरेको हो। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आफ्नै घरमा काम गर्ने १७ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि पूर्वमेयर शिवाकोटी प्रहरी हिरासतमा पुगेका हुन्। २०७४ सालको स्थानीय तहको चुनावमा एमालेबाट टिकट लिएर निर्वाचित भएका उनी सोमबार बलात्कार ‘केस’मा प्रहरी हिरासतमा पुगेका हुन्। समाजसेवा र जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेका शिवाकोटीले आफ्नै ‘छोरी’ सरहकी बालिकालाई बलात्कार गरेको आरोप लागेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस