रेबिज संक्रमित एउटा कुकुरले चितवनको माडीमा १६ बढी पशुलाई टोक्यो


काठमाडौं। रेबिज संक्रमित (पोजेटिभ) कुकुरले चितवनको माडीमा १६ भन्दा बढी पशुलाई टोकेको छ। पशु सेवा विभाग अन्तर्गतको गाडी नगरपालिका केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले उक्त कुकुरमा रेबिज पोजेटिभ देखिएको पुष्टि गरेको छ।

माडी नगरपालिकाको पशु सेवा शाखाका अनुसार माडी नगरपालिका वडा नम्बर ८ शिवद्वारमा एक कुकुरले १६ भन्दा बढी पशुलाई टोकेको हो। संक्रमित कुकुरको मस्तिष्क नमूना परीक्षणका लागि केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएकोमा रेबिज पोजेटिभ देखिएको छ। उक्त स्थानमा कुकुरले टोकेका जनावरहरूलाई खोप लगाइसकिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ। जनवारलाई टोक्ने कुकुरमा रेबिज पोजेटिभ नगरपालिकाले सामुदायिक र घरपालुवा कुकुरहरूलाई पनि खोप लगाएको हो।

नगरपालिकाले वरपरका कुकुर तथा बिरालोलाई माडी भेटेरिनरी अस्पतालमा ल्याई निःशुल्क रेबिजविरुद्धको खोप लगाउने व्यवस्था समेत मिलाएको छ। पछिल्लो समय माडी र आसपासका क्षेत्रमा कुकुर र स्यालले टोक्ने घटना बढिरहेको नगरपालिकाले जनाएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ