सशस्त्र प्रहरीले सुनसरीमा ६४ किलो गाँजा बरामद गऱ्यो


काठमाडौं। सशस्त्र प्रहरी बलको टोलीले सुनसरीमा ६४ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुनसरीकाे भाेक्राहा नरसिंह ८ साेनिहायी सीमा क्षेत्रबाट ६४ किलाे गाँजा बरामद गरिएको हो।

रातिको समयमा भारततर्फ ल‌ैजादै गरिएको अवस्थामा बिओेपी उल्टीकाे टाेलीले गाँजा बरामद गरेकाे सशस्त्र प्रहरी बलले जनाएको छ। पछिल्लो केही समययता सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट दिनहुँजसाे ठूलाे परिमाणमा गाँजा बरामद गर्द‌ेै आएकाे छ। सुनसरीको नाका हुँदै गाँजा ओसारपसारले तीव्रता पाएपछि सशस्त्र प्रहरीले सक्रिया बढाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ