ऊर्जामन्त्रीको बचाउमा स्काउटका प्रमुख आयुक्त रंचितले लोगो दुरुपयोग गरे


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको बचाउमा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले पदीय हैसियत र लोगोको दुरुपयोग गरेका छन्। उनले पदीय हैसियत र लोगो दुरुपयोग गरेर मन्त्री खड्काको बचाउ गरेका हुन्।

ऊर्जामन्त्री खड्काको बचाउका लागि निकालेको विज्ञप्ति हेर्दा रंजित स्काउटका प्रमुख आयुक्त हुन् कि खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिका कर्मचारी हुन् छुट्याउन गाह्रो हुन्छ। खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिले निकाल्ने विज्ञप्तिमा प्रमुख आयुक्त जोडिनुले गम्भीर आशंका उब्जिएको छ।

नेपाल स्काउटले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा खड्का ल्याण्डले ५ करोड १९ लाख बढी घरबहाल (भाडा) बक्यौता तिर्न बाँकी रहेको विवरण पठाएको छ। लामो समयसम्म घरबहाल बक्यौता नतिर्ने खड्का ल्याण्डको पक्षमा स्काउटमा प्रमुख आयुक्त रंजित नै उभिएका छन्। यसले स्काउटका प्रमुख आयुक्त रंजितको भूमिकामाथि समेत प्रश्न उठेको हो। 

खड्का ल्याण्डले स्काउटको साँवा मात्र तिर्ने ब्याज र जरिवाना नतिर्ने रणनीतिका साथ स्काउटका प्रमुख आयुक्त रंजितसँग साँठगाँठ गरिरहेको आरोप लागेको छ। उक्त कम्पनीले नेपाल स्काउटलाई सम्बोधन गर्दै पठाएको पत्रमा पनि साँवा मात्र दिने भनेको छ। यस्तो अवस्थामा पनि स्काउटका प्रमुख आयुक्त रंजित खड्का ल्याण्डको पक्षमा उभिएका छन्। 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ