ग्लोबल फन्डका अगाडि सरकार निकम्माः पीआरको महाभारत ४ मिलियनमै सीमित

हैसियत  विहीन स्वास्थ्यमन्त्री बन्दा ५१ मिलियन मध्ये ४ मिलियन मात्रै हात लाग्यो


काठमाडौँ । अहङ्कारी भाव बोकेर हिँडेकाे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका कारण ग्लोबल फन्ड अनुदानको ४७ मिलियन अमेरिकी डलर गुमेको छ । गुण्डा प्रयोग गरेर कानुन विपरित सरकारबाट पीआर खोसेको ग्लोबल फन्डले सबै जसो रकम युएनडिपीलाई दिएको छ ।

ग्लोबल फन्डका एक उच्च अधिकारीले दिएको सूचना अनुसार ग्लोबल फन्डको नयाँ पीआर औपचारिक रुपमा युएनडिपीमा गएको छ ।

सरकारले पठाएको प्रपोजलमा अन्तिमरूप दिदैँ ग्लोबल फन्ड बोर्डले नेपालमा दिने रकमको समेत बाँडफाँड गरेको छ ।जथाभाबी मनलाग्दी भाषण गरेर हिड्ने मन्त्री पौडेल यो निर्णयसँगै “उत्तानो” परेका छन् ।

स्वास्थ्य लाइभलाई आएको विवरण अनुसार नेपालले विगतका वर्षमा भन्दा कम बजेट पाएको छ । विगतमा ५८ मिलियन अमेरिकी डलर रकम प्राप्त गरेको थियो । तर, अहिले घटाएर ५१ मिलियन डलर दिएको छ ।

अतिरिक्त सचिव डा सङ्गिता कौशल मिश्रा सरकार पीआर हुनुपर्छ भन्दै हिँडेकी थिइन् ।महाभारतको युद्ध जसरी लडेको लडाइको उपलब्ध जम्मा ४ मिलियन अमेरिकी डलरमा सीमित भएको छ ।

ग्लोबल फन्डले ४७ मिलियन अमेरिकी डलर युएनडिपीलाई दिदा सरकारलाई ४ मिलियन डलर मात्रै दिएको छ ।मनलाग्दी भाषण गरेर हिड्ने मन्त्री पौडेललाई यती ठुलो रकम गुम्दा लाज, सरम लाग्छ लाग्दैन त्यो हेर्न बाँकी छ ।

इज्जतिलो स्वास्थ्यमन्त्री भए ठुलो रकम गुम्दा राजिनामा दिनुपर्ने हो ।स्वास्थ्यमन्त्रालय निकम्मा बन्दा ग्लोबल फन्डले लातले हानेर भित्तैमा पुर्याएको छ । अधिकारीहरू भन्छन् ४ मिलियनका लागि महाभारतको जस्तो युद्ध लड्नुपर्ने कारण के थियो ?

सेभ द चिल्ड्रेनबाट ग्लोबल फन्डको पीआर खोसेर सरकारमा ल्याउन भन्दै जसरी डा सङ्गिता र मोहन बस्नेतले हतियार विहीन युद्ध गरे, यसरी युद्ध लडेको भए भारत र चीनले मिचेका नेपाली भूभाग कालापानी र सुस्ता फिर्ता आउँने निश्चित थियाे ।

विज्ञहरु भन्दा नाथे ४ मिलियनका लागि ग्लोबल फन्डसँग युद्ध लड्नै पर्ने थिएन । बिभिन्न स्रोतबाट उपलब्ध गराउँन सकिन्थ्यो ।

ग्लोबल फन्डले सन् २००२ देखि नेपाल सरकारलाई एचआईभी, मलेरिया र टिबीविरूद्धको (जिएएफटिएम) परियोजना अन्तर्गत उक्त रकम अनुदान दिन थालेको थियो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Global Found

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ