सनिल नेपालदेखि सेवा लम्सालसम्म राजदूतमा नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सनिल नेपालदेखि सेवा लम्सालसम्मलाई राजदूतमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार स्पेनका लागि सनिल नेपालदेखि बेल्जियममा सेवा लम्साललाई राजदूत नियुक्त गरिएको हो।

राष्ट्रपति पौडेलले पोर्चुगलमा प्रकाशमणि पौडेल, दक्षिण अफ्रिका कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरेका हुन्। उनीहरुलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ