गंगालालको सञ्चालक समितिमा डा. बराल र सापकोटा मनोनित


काठमाडौं। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएका छन्। मन्त्रिपरिषद्को बैठकले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित गरेको हो। मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बराल र सापकोटालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको जानकारी दिए।

डा. बराल वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् भने सापकोटा लोकप्रिय समाजसेवी हुन्। उनले स्वास्थ्य क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुऱ्याएका छन्। सापकोटा भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका हुन्। गैरसरकारी क्षेत्रबाट सरकार र समाजलाई सापकोटाले दिएको योगदानका आधारमा उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिमा सदस्य बनाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

सर्लाहीको साविक लक्ष्मीपुर गाविसमा रहेको ५ कठ्ठाभन्दा बढी सरकारी जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि हरिपुर नगरपालिका, सर्लाहीलाई उपयोग गर्न दिने समेत मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

त्यस्तै मोरङका देवराज ढुंगानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. राजेन्द्रप्रसाद बराल, #दीपकराज सापकोटा, #शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ