सर्वोच्च बारको चुनावमा पोख्रेलको नेतृत्वमा डिएलए-एसपीएलएको प्यानल खडा


काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनमा चुनावी सरगर्मी बढेको छ। सर्वोच्च अदालत बार एशोसिएसनको आगामी नेतृत्वका लागि हुने चुनावमा वरिष्ठ अधिवक्ता मेघराज पोख्रेललको नेतृत्वमा समूह (प्यानल) खडा भएको छ।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए)को संयुक्त प्यानलबाट वरिष्ठ अधिवक्ता मेघराजलाई अध्यक्षको उम्मेदवार बनाइएको छ। उनी नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन तर्फबाट अध्यक्षको उम्मेदवार बन्न सफल भएका हुन्। उपाध्यक्षको उम्मेदवार भने समाजवादी कानुन व्यवसायी संगठन तर्फबाट अधिवक्ता अमर बहादुर राउतले भएका छन्।

सचिवमा डिएलएका तर्फबाट अधिवक्ता रमणकुमार कर्ण र सहसचिवमा एसपीएलएको तर्फबाट अधिवक्ता पुन्देवी महर्जन (सुजना)लाई उम्मेदवार बनाउने निर्णय भएको छ। कोषाध्यक्षमा भने अघिल्लो कार्यसमितिमा पराजित अधिवक्ता रामचन्द्र पौडेलले दोहोऱ्याएर ‘टिकट’ पाएका हुन्।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए)को संयुक्त प्यानलबाट महिला सदस्यमा अधिवक्ता शशी बस्नेत उम्मेदवार बन्न सफल भएकी छिन्। त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनको सदस्यका लागि वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ र इद्रशेखर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यसैगरी सदस्यका लागि अधिवक्ता पुरुषोत्तमप्रसाद लोहनी, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, प्रमोद रेग्मी र प्रदिप राजवंशीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।

डिएलए र एसपीएलएको गठबन्धनले चलेका वकिलहरुलाई चुनावी मैदानमा खडा गरेको देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ