१९ उपसचिव प्रशासनको सहसचिवमा बढुवाका लागि सिफारिस भए


काठमाडौं। प्रशासन सेवाका १९ जना उपसचिवहरू सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवाका लागि जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा १९ जना उपसचिव सिफारिस भएका हुन्।

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने प्रशासन सेवाको सहसचिव बढुवाका लागि राजस्व र प्रशासन समूहका उपसचिवहरू सिफारिस भएका हुन्। निजामती सेवामा सबैभन्दा जेष्ठ उपसचिव रामप्रसाद मैनाली बढुवामा छुटेका छन्। दुई वर्ष बढी असाधारण बिदा लिएर बेलायत गएका उनीभन्दा पछाडि उपसचिवहरू सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। आफ्नै भाई नारायणप्रसाद मैनाली सहसचिवमा बढुवाका लागि सिफारिस हुँदा राम भने ‘सिन’बाहिर पुगेका हुन्।

संघीप ममिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयका अनुसार पदमकुमार श्रेष्ठसहित १९ जना उपसचिव जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

उपसचिवहरू दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, विमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना, गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाई, नारायणप्रसाद मैनाली, विजयराज सुवेदी, चिरञ्जीवी तिम्सिना, कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्। ३५ दिने प्रक्रिया पूरा गरेपछि उनीहरू सहसचिवमा बढुवा हुनेछन्।

 

 

पदमकुमार श्रेष्ठ र दिलिप कुमार गौतम २०६७ चैत ६ गते राजस्वको उपसचिव भएका थिए। २०६७ चैत ११ गते सामान्य प्रशासन समूहमा उपसचिव भएका सबै जना जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। उक्त ‘ब्याच’का उपसचिव युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, योगेन्द्रप्रसाद दुलाल, पुरुषोत्तम अधिकारी, विमलप्रसाद बराल, विजयराज सुवेदी, बलराम ढकाल, नारायणप्रसाद मैनाली, गोविन्दप्रसाद अधिकारी, पवनकुमार तिमिल्सिना, शान्तिराज प्रसाई, चिरञ्जीवी तिम्सिना र कविन्द्र नेपाल हुन्। रामप्रसाद मैनाली जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा नपरेपछि २०६७ चैत २७ गते उपसचिव भएका यमेन्द्र उपाध्यायले अवसर पाएका छन्।

त्यस्तै लेखापरीक्षण सेवा तर्फको सहसचिवमा बढुवाका लागि उपसचिव लक्ष्मण आचार्य र ध्रुवराज भुसालको नाम सिफारिस भएको छ।

कार्यक्षमताका आधारमा हुने सहसचिवको बढुवाको पनि प्रक्रिया अघि बढिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ