नेपालमा मंकिपक्स पुष्टि


काठमाडौं । साउदी अरेबियाबाट आएकाे एक व्यक्तिमा मंकिपक्स पुष्टि भएको छ । नेपालमा याे दाेश्राे केेसभएकाे राेग नियन्त्रण महाशाखाले जनाएको छ ।

साउदी अरबबाट बिहीवार नेपाल फर्केका एक पुरुषमा मंकिपक्स पुष्टि भएको हाे । स्वास्थ्यमन्त्री प्रदिप पाैडलकाे गृहजिल्ला तनहुँ घर भएका ३६ वर्षीय पुरुषमा मंकिपक्स पुष्टि भएको हो ।

स्वास्थ्य लाइभले समाचार ब्रेक गरेपछि नेपालका सरकारी अधिकारीहरुमा हल्लिखल्लि भएको थियाे । बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा  उपचार भइरहेको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट रिफर भएर टेकु पुगेकाे इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले जनाएको छ । पिसिआज जाँच गर्दा दिउसो ३ बजे राेग पुष्टि भएको थियाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ