सशस्त्रमा ४ डिआईजीको १ वर्ष म्याद थप्ने तयारी
काठमाडौं। चार वर्ष पुगेका सशस्त्र प्रहरी बलका चार नायव महानिरीक्षक (डिआईजी)को एक वर्ष म्याद थप्ने तयारी भएको छ। यही पुस १५ गते कमल गिरी, गणेश ठाडा मगर, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङको एक वर्षका लागि म्याद थप्ने तयारी भइरहेको हो।
सशस्त्र प्रहरी बल स्रोतका अनुसार डिआईजी गिरी, ठाडा, सुवेदी र नेम्वाङको एक वर्ष म्याद थप्ने प्रक्रिया अघि बढेको छ। उनीहरु डिआजीमा बढुवा भएकाे ४ वर्ष पुग्न लागेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको हो। म्याद थपको प्रक्रियामा रहेका गिरी, ठाडा, सुवेदी र नेम्वाङ २०७७ पुस १६ मा सशस्त्र प्रहरी बलको डिआईजीमा बढुवा भएका थिए।
सशस्त्र प्रहरी बलमा डिआईजीमा चार वर्ष काम गर्न पाउने व्यवस्था छ। संगठनलाई आवश्यक पऱ्यो भने अर्को एक वर्ष म्याद थप्न सिफारिस गर्न सक्ने विशेष अधिकार सशस्त्र प्रहरी बलका आईजीपीलाई दिइएको छ। त्यसै अनुसार उनीहरुको म्याद थपको प्रक्रिया अघि बढाएको हो। यसअघि डिआईजी किशोर प्रधानको पनि एक वर्ष म्याद थपिएको थियो। त्यसैले डिआईजी म्याद थपलाई सामान्य रूपमा लिइन्छ। म्याद थपका लागि गृह मन्त्रालयको नेतृत्व भने सकारात्मक हुनुपर्छ।
क्याटेगोरी : समाचारट्याग : #कमल गिरी, #कुल बहादुर नेम्बाङ, #गणेश ठाडा मगर, #शम्भु सुवेदी, #सशस्त्र प्रहरी बल डिआईजी
तपाईको प्रतिक्रिया दिनुहोस