काठमाडौंमा प्लास्टिकको फूल खुलेआम बिक्रीवितरण


काठमाडौंकाठमाडौंमा प्लास्टिकको फूल खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ। काठमाडौं महानगरपालिकाको सूचनालाई चुनौती दिँदै खुलेआम प्लास्टिकका फूल/गमला बिक्रीवितरण भइरहेको पाइएको हो। क्रिसमसको अवसर काठमाडौं मैतीदेवी र आसपासको क्षेत्रमा प्लास्टिकका पुष्पगुच्छा र गमलाको बिक्रीवितरण भइरहेको छ।

 

काठमाडौं महानगरपालिकाले बिहीबार सूचना निकाल्दै प्लास्टिक तथा प्लास्टिकका पुष्पगुच्छा, माला प्रतिबन्ध लगाएको हो। ‘एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्री, वितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ । तर, व्यापारीहरुले खुलेआम प्लास्टिकका फूल, माला, गमलालगायतका सामान बिक्रीवितरण भइरहेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ