काठमाडौं महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा शर्मालाई
काठमाडौं। काठमाडौं महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा गोविन्दप्रसाद शर्मालाई दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंमाथि छानबिन प्रक्रिया अघि बढेपछि निमित्तको जिम्मेवारी शर्मालाई दिइएको हो। शर्मा काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुख हुन्।
पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको नक्सापास स्वीकृत गरेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन सुरू भएको छ। छानबिन प्रक्रिया अघि बढेपछि उनी महानगरपालिका जान छाडेका छन्। वसन्त अधिकारीको पालामा रोकिएको काम गुरागाईंले अघि बढाएपछि उनी विवादमा तानिएका हुन्। गुरागाईंको ठाउँमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस