सेभ द चिल्ड्रेनद्धारा ४ करोड बढी लगानीमा अत्याधुनिक मेडिकल वायर हाउस निमार्ण
धनगढी । नेपालको प्रमुख विकास साझेदार सस्था सेभ द चिल्ड्रेनले ४ करोड ८० लाख रुपैयाँ लगानी गरेर सुदूरपश्चिममा अत्याधुनिक मेडिकल वायर हाउस निमार्ण गरेको छ । ग्लोबल फण्ड मार्फत सेभले कैलालीको गोदावरी नगरपालिका—१ बिजौरामा अत्याधुनिक मेडिकल वायर हाउस निमार्ण गरेको हो ।
सेभले अत्याधुनिक भवन र उपकरणसहित उक्त वायर हाउस निर्माण गरेको जनाएको छ । नवनीर्मित भवनको बिहीवार उद्धघाटन गरिएको छ । तत्काल सेवामा कमी नहोस् भनेर सेभ द चिल्ड्रेनले २८ लाख बराबरको उपकरण समेत प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको सेभका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सिमित स्रोत र साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको बताए । उनले संघीयता अगाडी बढाउनका लागि विकास साझेदार संस्थाको ठुलो भूमिका रहेको औल्याए । ‘स्वास्थ्य उपकरणको आवश्यकता र औचित्यका आधारमा वितरण गर्नुपर्छ,’ उनले भने ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा एउटा इट्टा थपिएको बताए । सरकारी निकायहरुले निमार्ण गरेका संरचना बर्षौ सम्म लावारिसे बनेको बेला सेभले ०८० चैत्रमा शिलान्यास गरेर छोटो समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस