कांग्रेसी मेयर भ्रष्टाचारमा डामिएपछि नागार्जुनको कमाण्ड एमालेको हातमा


काठमाडौं। नागर्जुन नगरपालिकाका मेयर (प्रमुख) मोहनबहादुर बस्नेत भ्रष्टाचार र सुम्पत्ति शुद्धीकरणमा डामिएपछि नागर्जुन नगरपालिकाको नेतृत्व एमालेको हातमा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागर्जुनका मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेपछि कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर शुशिला अधिकारीले पाएकी छिन्। मेयर बस्नेत कांग्रेसबाट र उपमेयर अधिकारी एमालेबाट नागर्जुन नगरपालिकामा निर्वाचित जनप्रतिनिधि हुन्। मेयर बस्नेतविरुद्ध अख्तियारले विशेष अदालतमा हालेको मुद्दा छिनोफानो नभएसम्म एमालेबाट निर्वाचित उपमेयर अधिकारीको नागार्जुनमा हालिमुहाली चल्ने छ।

मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरी अख्तियारले साढे २२ करोड बिगो मागदाबी गरेको छ। उनले भ्रष्टाचार गरेर स्टार होटलमा छोराको बिबाहको पार्टी दिएको पनि अख्तियारको अभियोगमा उल्लेख छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ को दफा २७ अनुसार स्वत: निलम्बनमा पर्ने व्यवस्था छ। त्यहिँ व्यवस्था अनुसार भ्रष्टाचारमा डामिएका मेयर बस्नेत निलम्बनमा परेका हुन्। उनी निलम्बन परेपछि उपमेयर अधिकारीलाई खुदो पल्टिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ