डा. शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने


काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन्। उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा गर्ने उनको सचिवालयले जनाएको छ ।

संसद्को त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यहीँ जनवरी ९ मा त्यसतर्फ जाँदैछन्।

बेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता भएको उनको सचिवालयले दाबी गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ