सामान्य प्रशासन समूहका ४०, लेखाका ११ र राजस्वका ७ जना उपसचिवमा बढुवा सिफारिस


काठमाडौं। सामान्य प्रशासन समूहका ४०, लेखाका ११ र राजस्वका ७ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। कार्यक्षमता मूल्याङ्कनद्वारा उनीहरू बढुवाका लागि सिफारिस भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले निकालेको सूचनामा श्रीकृष्ण पौडेलसहित सामान्य प्रशासन समूहका ४० जना, मोहनकृष्ण श्रेष्ठसहित लेखा समूहका ११ जना र अनमोलकुमार दाहालसहित राजस्वका ७ जना अधिकृत कार्यक्षमता मूल्याङ्कनद्वारा उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

श्रीकृष्ण पौडेल, केशवराज पार्धे, धर्मराज गैरे, ढालबहादुर जिसी, डम्बरुबल्लभ बराल, गोरखनाथ मिश्र, भक्तबहादुर भट्टराई, जगतप्रसाद भुसाल, विनोद भट्टराई, तिलकप्रसाद रिजाल, गोविन्द प्रसाद पाण्डे र रुकु शर्मा पौडेल सामान्य प्रशासन समूहको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। त्यस्तै दिपक रेग्मी, गंगा सुवेदी भट्टराई, गोकर्ण पन्थी, उमेशकुमार दाहाल, प्रेमप्रसाद न्यौपाने, युवराज आचार्य, रविन्द्रप्रसाद पौड्याल, विज्ञान कोइराला, नेवबहादुर वली, राममणि काफ्ले, पुण्यप्रसाद भट्टराई, प्रकाश न्यौपाने, भेषराज खनाल, दिपेन्द्र रेग्मी, माधव घिमिरे राजन घिमिरे पनि उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

त्यसैगरी शाखा अधिकृतहरू भीष्मकुमार मल्ल, दीपेन्द्र पौडेल, मनोजकुमार पोखरेल, विपिन श्रेत्री, युवराज गुरागाईं, महेश अधिकारी , बासुदेव भट्टराई, केशवराज भट्टराई, मनोजकुमार ठाकुर, मेघनाथ सापकोटा र राजेन्द्रप्रसाद गौतम पनि कार्यक्षमता मूल्याङ्कनद्वारा उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

 

लेखा समूहका शाखा अधिकृत मोहनकृष्ण श्रेष्ठ, इन्द्रबहादुर लुङ्गेली, रोशन कुमार ओझा, कृष्ण बहादुर अधिकारी रविचन्द्र अर्याल विन्ध्या कार्की, रेमा ढुङ्गाना, सर्वोदय उपाध्यक्ष, मनोजकुमार सुनुवार र शालिग्राम चौधरी कार्यक्षमता मूल्याङ्कनद्वारा उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

त्यस्तै राजस्व समूहका शाखा अधिकृतहरू अनमोलकुमार दाहाल, धनकुमार राई, गोपालबहादुर थापा, भीमप्रसाद आचार्य, रमेश भट्टराई, अशोककुमार गुरागाईं र हरि आचार्य कार्यक्षमता मूल्याङ्कनद्वारा उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ