डर्म डाईनामिक्स सेवा विस्तारमा आक्रामक, धनगढीमा डेन्टल क्लिनिक सुरू
काठमाडौं। कैलालीको धनगढीमा संचालन हुँदै आएको डर्म डाईनामिक्स क्लिनिकले सेवा विस्तार गरेको छ । स्किन हेयर एण्ड लेजर सेवा दिदै आएको क्लिनिकले शुक्रबार देखी डेन्टल उपचार सेवा विस्तार गरेको हो ।
कैलालीको धनगढीमा स्किन हेयर एण्ड लेजर सेवा दिदै आएको डर्म डाईनामिक्स क्लिनिकले डेन्टल उपचार सेवा विस्तार गरेको छ । धनगढी उपमहानगरपालिका ५ स्थित तारानगरमा संचालित क्लिनिकको शुक्रबार एक कार्यक्रमका विच स्वामी देवराज आचार्यले उद्घाटन गरेका छन् ।
डेन्टल उपचार सेवा विस्तार भएसंगै त्यसक्षेत्रका नागरिकले सहज रुपमा उपचार सेवा पाउने भएका छन् । क्लिनिकबाट दाँत संबन्धि सम्पूर्ण उपचार सेवा हुने संचालक डा.अनिलकुमार भट्टले जनाएका छन् ।
डेन्टल संबन्धि उपचारमा डाक्टर रोशन भट्ट र डाक्टर संगिता जोशीले उपचार सेवा दिने संचालकले जनाएका छन् । एक वर्ष पहिले दुई करोड लगानीमा धनगढीमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा आएको थियो । हाल डेन्टल उपचार सेवा विस्तारका लागि थप २० लाख लगानी गरेको संचालकले जनाएका छन् । डर्म डाईनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिकले छाला, कपाल र यौन रोगसम्बन्धी विरामीलाई लक्षित गरी क्लिनिक सञ्चालनमा आएको हो ।
क्लिनिकल छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.अनिलकुमार भट्ट र डा.उमा केयालले संचालनमा ल्याएका हुन् । डण्डीफोर, चाया, पोतो, दाद, उकुच, मुसा, मासु पलाएको, यौन रोग, दुबी, कत्ले रोग, ट्याटु हटाउने, छाला तन्काउने र कसिलो बनौउने, कपाल झर्नेलगायत सम्पूर्ण छाला र यौनसम्बन्धी समस्या हुनेहरुलाई सेवा दिने उद्धेश्यले क्लिनिक संचालनमा ल्याएको संचालक भट्टको भनाई छ ।
मुनाफा भन्दा पनि आफ्नो क्षेत्रमा यसको सम्भावना छ भनेर पहिचान गराउन क्लिनिक स्थापना गरेको डा. भट्टले बताए । केन्द्रीय क्लिनिक काठमाण्डौको कुमारीपाटीमा संचालनमा रहेकोले त्यसको शाखा पोखरामा र धनगढीमा विस्तार गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस