अध्यादेशले संसदीय सर्वोच्चताको उल्लंघन गरेको डा. यादवको ठहर
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख चन्द्रममोहन डा. यादवले संसदीय सर्वोच्चताको उल्लंघन भएको ठहर गरेका छन्। प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा समेत रहेका चन्द्रमोहनले अध्यादेशको विरोध गरेका हुन्। उनले सरकारको यो कदम अलोकतान्त्रिक समेत भनेका छन्।
हाम्रो संविधानले संसदीय प्रणाली अङ्गीकार गरेको भन्दै उनले नेपाल सरकारले केहि अध्यादेश ल्याएर संसदलाई छल्ने काम गरेको टिप्पणी गरे।
‘हाम्रो संविधानले संसदीय प्रणाली अङ्गीकार गरेको छ।संसदीय लोकतन्त्रमा नीति निर्माण र कानुन निर्माणको प्रमुख थलो संसद हो।भर्खरै नेपाल सरकारले केहि अध्यादेश ल्याएर संसदलाई छल्ने काम गरेको छ। संसदीय सर्वोच्चताको उल्लंघन भएको छ। सरकारको यो कदम अलोकतान्त्रिक हो ।’, चन्द्रमोहनले लेखेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस