मन्त्रालयको महाशाखा प्रमुखबाट हटाइएका डा. भुसाललाई प्राधिकरणको सिईओको जिम्मेवारी


काठमाडौं। भीष्मकुमार भुसाललाई गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पठाइएको थियो। गृहमन्त्री रमेश लेखेको निर्देशनमा महशाखा प्रमुखबाट प्राधिकरण पुऱ्याइएका भुसालले उक्त प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक (सिडिओ) कै जिम्मेवारी प्राप्त गरेका छन्।

‘अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको भूमिका प्राप्त ।

गृहमन्त्रीज्यू र गृहसचिवज्यूलाई धन्यवाद !’, भुसालले लेखेका छन्।

 

गृह मन्त्रालय स्रोतका अनुसार विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. भीष्मकुमार भुसाल बिदा स्वीकृत गराएर दाताको खर्चमा विदेश जाने गरेको पाइएपछि उनको जिम्मेवारी खोसेर उक्त महाशाखामा डा. टोकराज पाण्डेलाई पठाइएको थियो। त्यसपछि भुसाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइयो। सहसचिव भुसाल महिना दिनमा पन्ध्र दिन त विदेशमै घुम्न थालेपछि गृहमन्त्री लेखकले उनलाई कार्यकक्षमा बोलाए ‘हप्काए’ समेत मन्त्री निकट स्रोतको दाबी थियो। मन्त्रीले लेखेटेका उनै भुसाल अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको प्रमुख कार्यकारी हुन सफल भएका छन्। सिईओ अनिल पोखरेलको कार्यकाल सकिएपछि प्राधिकरणले नयाँ सिईओ पाउन सकेको छैन। प्राधिकरणको वरिष्ठ सहसचिवको हैसियतमा डा. भुसालले नयाँ सिईओ नआउञ्जेल तत्कालका लागि सिईओको जिम्मेवारी पाएका हुन्।

प्रशासन सेवाको एउटा सहसचिवको दरबन्दी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अहिले ३ जना सहसचिव रहेका छन्। प्राधिकरणमा कार्यरत सहसचिवहरु रामबन्धु सुवेदी र रोशनीकुमारी श्रेष्ठभन्दा भुसाल वरिष्ठ हुन्। त्यसैले उनी प्रधिकरणको काम चलाउ सिईओ बन्न सफल भएका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. भीष्मकुमार भुसाल सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ