सुनसरीका कांग्रेस नेता बस्नेत निधनमा इनरुवा नगरपालिकामा शोक विदा


काठमाडौं ।  सुनसरीका नेपाली कांग्रेस नेता रामबहादुर बस्नेत निधन हुँदा इनरुवा नगरपालिकामा शोक विदा दिने निर्णय भएको छ।इनरुवा नगरपालिकाले निकालेको सार्वजनिक सूचनामा मंगलबार उनको निधनमा शोक विदा दिने निर्णय भएको हो।

 

कांग्रेस नेता बस्नेतको ७८ वर्षको उमेरमा सोमबार निधन भएको छ।  नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति एवं पूर्वजिल्ला विकास समिति अध्यक्ष बस्नेतको काठमाडौंस्थित निजी निवासमा निधन भएको हो।

दुईपटक कांग्रेस सुनसरी कांग्रेसका सभापति भनेका बस्नेत २०४९ मा सुनसरीको जिविस सभापतिमा समेत निर्वाचित भएका थिए। सुनसरीको पहिलो  जिविस सभापतिका रूपमा परिचित बस्नेतको निधन बने काठमाडौंमा भएको छ। इनरुवा नगरपालिकाले शोक विदा दिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #इनरुवा नगरपालिका, #रामबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ