ड्राइभरको कुटाइ खाएका कोशीका पूर्वमुख्यमन्त्री थापाको गाडी समेत खोसियो


काठमाडौं। झापाको सुरुङ्गामा ड्राइभरको कुटाइ खाएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाको गाडी सुविधा समेत खोसिएको छ। आफ्नै गृहजिल्ला झापामा नेपाल विद्युत प्राधिकरणका सवारी चालक ‘ड्राइभर’को कुटाइ खाएका पूर्वमुख्यमन्त्री थापाको विराटनगर पुग्दा गाडी समेत खोसिएको हो।

उच्च अदालत विराटनगरले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधा नदिन आदेश दिएको छ। कोशी प्रदेश सरकारले उनलाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। उच्च निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले आदेश दिएको हो। ड्राइभरको कुटाइ खाएको चोट निको नहुँदै अदालतले गाडी खोसेर पूर्वमुख्यमन्त्री थापालाई अर्को चोट दिएको छ।

कोशी प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गर्ने नेपाल विद्युत प्राधिकरणका ड्राइभरसहित २ जना प्रहरीको नियन्त्रणमा पुगेको छ। अदालतको आदेशसँगै उनको गाडी पनि प्रहरी नियन्त्रणमा पुग्ने खतरा बढेको हो।

न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले पूर्वमुख्यमन्त्री थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने निर्णय कार्यान्वपन नगर्न अन्तरिम दिएको हो। अधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले पूर्वमुख्यमन्त्री थापालाई गाडीसहितको सुविधा दिने निर्णयविरुद्ध गत पुस २१ गते उच्च अदालतमा रिट दायर गरेका थिए। प्रमुख सत्तारुढ दलको संसदीय दलको नेतालाई सुविधा दिएको भन्दै दायर रिटमा अदालतले अन्तरिम आदेश दिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ