सर्वोकृष्ट बाहिनीपतिको ‘अवार्ड’ थापेर कार्यक्षेत्र फर्किए डिआईजी गणेश ठाडा
काठमाडौं। सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगर सर्वोकृष्ट बाहिनीपतिको ‘अवार्ड’ थापेर कार्यक्षेत्र फर्किए छन्। २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार गृहमन्त्री रमेश लेखकको हातबाट सर्वोकृष्ट बाहिनीपतिको ‘अवार्ड’ थापेर उनी आफ्नो कार्यक्षेत्र फर्किएका हुन्।
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा डिआईजी ठाडाको कमाण्डमा रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोकृष्ट बाहिनीको रुपमा पुरस्कृत भएको हो। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको उपस्थितिमा गृहमन्त्री लेखकले डिआईजी ठाडालाई सर्वोकृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गरेका हुन्। ठाडाले मधेश प्रदेशको छिन्नमस्त बाहिनीपति हुँदा पनि सर्वोकृष्ट बाहिनीपतिको ‘अवार्ड’ पाउन सफल भएका थिए। अहिले बागमती प्रदेशको बाहिनीपति हुँदा पनि उनले सर्वोत्कृष्ट अवार्ड थाप्न सफल भएका छन्।
यसैगरी, सर्वाेत्कृष्ट तालिम शिक्षालय बन्न सफल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको प्रमुखमा एसएसपी माधवप्रसाद पौडेल रहेका छन् । यस्तै सर्वाेत्कृष्ट बन्न सफल नम्बर २१ गणको गणपतिमा एसपी सुरेन्द्रराज रञ्जितले पनि गृहमन्त्री लेखकको हातबाट सम्मान खाएका छन्। गुल्मपतिहरुमा नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जाका डीएसपी लीला भुजेल र नेपाल मद्धती तथा सेवा गुल्म, मकवानपुरका डीएसपी उत्तम बज्राचार्य पनि सर्वोकृष्ट ‘अवार्ड’ थापेका छन्।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं सर्वोकृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश, २०८० बमोजिम सशस्त्र प्रहरी बल प्रधान नेपाल प्रधान कार्यालयबाट भएको निरीक्षणका क्रममा ति कार्यालयहरु सर्वाेत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलको २४ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भनिएतापनि उनी स्वास्थ्यको समस्याका कारण उक्त कार्यक्रममा उपस्थित हुन सकेनन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस