युएनडिपीद्वारा गैरकानुनी तरिकाबाट ग्लोबल फन्ड हेर्न विदेशी नागरिक नियुक्त गर्ने तयारी


काठमाडौँ । युएनडिपीले ग्लोबल फन्ड हेर्ने गरी विदेशी नागरिक नियुक्त गर्ने तयारी थालेको छ । सार्वजनिक सूचना मार्फत युएनडिपीले “प्राेजेेक्ट डाइरेक्टर” का लागि सूचना जारी गरेको हो।

विगतमा यही पदका लागि सेभले ‘चिफ अफ पार्टी’ नाम दिएर भारतीय नागरिक कुनाल किशोरलाई नियुक्ति गरेको थियो । देशमा विज्ञ हुँदाहुँदै विदेशी नियुक्ति गर्न पाइँदैन। तर, बलजफ्ती गर्दा सेभबाट किशोर मात्र हैन कार्यक्रमनै गुमेको थियो ।

अधिकारीहरूले बताए अनुसार युएनडिपीले सुरुवाती चरणमै गलत बाटो राेजेकाे छ। देशमा विज्ञ हुँदाहुँदै उसले विदेशी राख्न विज्ञापन गरेको हो।

ग्लाेबल फन्ड सञ्चालन गर्न पहिलो सूचना जारी गरेको युएनडिपीलाइ पहिलो गाँसमै ढुङ्गा परेको छ। यस विषयलाई स्वास्थ्य लाइभले मसिनोगरि नियालिरहेको छ । विगतको नजिर हेरौँ सेभ द चिल्ड्रेनले बदमासी गरेकाे बाहान बनाएर ग्लोबल फन्डको पीआर अहिले युएनडिपी बनेको छ । तर, उसले पनि सेभले ‘चिफ अफ पार्टी’ नाम दिएजस्तै ” प्राेजेेक्ट डाइरेक्टर” भनेर विदेशी नागरिक माग गरेकाे हो।

विवादका बिच सेभबाट कुनाल राजिनामा गरि हिँडेका थिए । त्यसैले युएनडिपीले पनि नियुक्ति अगावै सच्याउनु उपयुक्त हुन्छ । स्वास्थ्य लाइभ यस विषयमा कठोर बन्दै आएको छ । सेभले कुनाल राख्दा महिला, बालबालिका तथा जेष्ठमा नागरिक मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले हटाउन परिपत्र गरेको थियाे । उक्त पत्रमा ग्लोबल फन्डकाे ‘चिफ अफ पार्टी’ मा विदेशी नागरिक नियुक्ति गरेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको थियोे ।

यता अर्थ मन्त्रालयले बनाएको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६  मा  सम्भव भएसम्म नेपाल कै मानव स्रोतसाधन प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । प्राविधिक तथा ज्ञानको हस्तान्तरण गर्ने र राष्ट्रियस्तरमा उपलब्ध नभएको विज्ञताका लागि मात्र अन्तर्राष्ट्रिय परामर्शदाता परिचालन गर्न सकिनेछ भन्ने कुरा नीतिमै स्पष्ट छ ।

स्वास्थ्य मन्त्रालयको उक्त पत्रमा उल्लेख भएअनुसार ग्लोबल फन्डका लागि सन् २०२१–२०२४ सम्मको एचआईभी, मलेरिया र टिबीविरूद्धको (जिएएफटिएम) परियोजना प्रस्ताव गर्दा एक्स्पोर्टका विषयमा कुनै छलफल भएको थिएन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको कन्ट्रि कोअर्डिनेटिङ मेकानिजम (सिसिएम) बाट ग्लोबल फण्ड समक्ष पेश भएको प्रस्तावनामा समेत कुनै पनि एक्सपर्टिजकाे परिकल्पना नगरिएको पत्रमा उल्लेख थियाे ।

अहिले पनि सोही अवस्था हाे । ’ग्लोबल फन्ड नेपालमा सञ्चालन भएदेखि हालसम्म पनि नेपाली नागरिकले नै सफलतापूर्वक व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेलेका छन् ।’नेपाली नै सक्षम भएकाले व्यवस्थापन कार्यका लागि बाहिरको एक्सपर्टिज आवश्यक नभएको स्वास्थ्य मन्त्रालयले महिला बालबालिका मन्त्रालयलाई पत्र लेख्दै प्रस्ट पारेको छ ।

नेपालमा ग्लोबल फन्डको सम्पूर्ण कार्यक्रम हेर्न जिम्मा ” प्राेजेेक्ट डाइरेक्टर” काे हाे । त्यो नेपालमा रहेर युएनडिपीको तर्फबाट ग्लोबल फन्डको प्रोजेक्ट हेर्ने सबैभन्दा माथिल्लो पद हो । ५ लाख तलब दिए पुग्ने नेपाली नराखेर ३० औं लाख दिन विदेशीलाई गैरकानुनी रुपमा ल्याउन खाेजिएकाे छ ।

गाडी, घर, तलब, भत्ता सबै ब्यहोर्दा ठूलो रकम विदेशीलाई खर्च हुन्छ । यता नेपालीले मासिक ५ लाख भन्दा कममा काम गरिरहेका छन् ।सुरुमै सरकारलाई पेलेर जाने याेजना अनुसार युएनडिपी देखिएको छ । युएनडिपीका अगाडि मन्त्री पाैडेल, सचिव पाेखरेल पनि निरीह बन्न सक्छन् । याे विषयमा मन्त्रालयका मन्त्री सचिव बिकेका छैनन् भने आजै एक्सन लिनुपर्छ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ