स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति


काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति चयन भएको छ। भिषा काफ्लेको नेतृत्वमा नयाँ टिम खडा भएको छ ।

मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

काफ्लेले नेपाल समाचारपत्रमा कार्यारत पत्रकार भगवती तिमिल्सिनालाइ भारी मत अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा महेश तिमल्सिना बिजयी भएका छन् ।

महासचिवमा नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे निर्वाचित भएका छन् । स्वास्थ्यखबर पत्रिकामा कार्यारत डिबि खड्कालाइ हराउँदै घिमिरे महासचिव बनेका हुन् ।

यस्तै सचिव पदमा ज्योति अधिकारी निर्वाचित भएकी छन् । कोषाध्यक्षमा भने गोरखापत्र अनलाइनकी सिर्जना खत्री विजयी भएकी हुन् ।

सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ