महिला स्वास्थ्य अधिकारीमाथि लक्ष्मण अर्यालले कासमूमा यसरी गरेका थिए अन्याय, कसको कासमू कति? 


काठमाडौं । तत्कालीन सचिव लक्ष्मण अर्यालले स्वास्थ्यमा रहेको समयमा स्वास्थ्यका महिला उच्च अधिकारीमाथि चरम अन्याय गरेको पुष्टि भएको छ। कोभिड-१९ को समयमा स्वास्थ्य सचिव बनेका उनले कार्यसम्पादन मूल्याङ्कनमा ‘आपराधिक’ व्यवहार गरेको देखिएको छ।

स्वास्थ्यका ११ तहका अधिकारीहरूको कार्यसम्पादन मूल्याङ्कनमा उनले व्यक्तिगत स्वार्थ र दुस्मनी गरेको देखिएको छ। सिनियर कर्मचारीलाई १२ तहमा रोकेर सचिव बन्न नदिन अर्यालले घृणित कार्य गरेको स्वास्थ्य लाइभले फेला पारेको हो।

अर्यालले १२ तहमा पुग्ने सम्भावित व्यक्तिलाई सुरुमै मुना भाँचिदिएका छन्। आफ्नो अधिकार प्रयोग गरेर भाँचेको मुनाले भविष्यनै भाँचिने भएपछि उनले त्यसलाई प्रयोग गरेको बुझिएको छ।

बढुवा समितिको मिति २०७८ कात्तिक २९ गतेको निर्णयको आधारमा कृष्णप्रसाद पौडेल मिति २०७४ पुष १७ गतेदेखि २ वर्ष अध्ययन बिदामा रहेकाले उनको आर्थिक वर्ष ०७५/०७६  को कार्यसम्पादन मूल्याङ्कनको हकमा आर्थिक वर्ष ०७४/०७५ को अनुपातमा मात्रै नम्बर दिएको छ। त्यस्तै सिनियरमा रहेका डा. संजयकुमार ठाकुर र सुनिलराज शर्माले बढुवा हुँदाभन्दा नहुँदै राम्रो प्रगति गरेकाले कासमू भरेका थिएनन्।

सबैभन्दा सिनियर डा. श्रीकृष्ण श्रेष्ठ एक नम्बरमा छन्। तर, उनको खेलोमेलो बुझिनसक्नुको छ। मनलाग्दी कासमू भर्ने नलाग्दा नभर्ने उनको नियतिले कतिपयलाई फाइदा पुगेको छ। करिब-करिब यहीँ कासमू अनुसार हुने भएकाले यस वर्ष पनि उनी १ नम्बरमा रहेका छन्। श्रेष्ठले भरेको अवस्थामा १२ तहमा बढुवा हुने सम्भावना उनको रहेको छ। अर्को एक जनाका लागि धेरै प्रतिस्पर्धामा देखिएका छन्।

त्यस समयमा २ नम्बरमा रहेका डा. विकास देवकोटा र ३ नम्बरमा रहेका डा. टङ्कप्रसाद बाराकोटी १२ तहमा बढुवा भइसकेका छन्। उनीहरू १ महिनापछि सचिवको दाबेदार हुन्। ४ र ५ नम्बरमा रहेका डा. केशरबहादुर ढकाल र डा. सुधा देवकोटा अहिले १२ तहको प्रतिस्पर्धामा देखिएका छन्।

डा. सुधा देवकोटासहित केही सहसचिवलाई स्वास्थ्य मन्त्रालयले कोभिडको समयमा प्रदेशको संयोजक तोकी फिल्डमा खटाएको थियो। तर, फिल्डमा खटेका सबैलाई अर्यालले कासमूमा ४० नम्बर दिँदा डा. सुधालाई ३९ नम्बर मात्रै दिएका थिए। यही  बदमासीले गर्दा डा. सुधा बढुवामा ५ नम्बरमा पुगेकी हुन्। यहीँ महिला त्यसमा पनि कोभिडको समयमा फिल्डमा खटेर काम गरेको आधारमा अरुलाई जस्तै ४० नम्बर दिएको भए उनी त्यही समयमा १२ तहमा बढुवा हुने थिइन्।

१२ तहमा आउँन सक्ने दुई महिला डा. सुधार देवकोटा र गोमादेवी निरौलामाथि अर्यालले कासमूमा अन्याय गरेका थिए। यसबिचमा डा. सुधा कोशी प्रदेशको सचिव समेत भएकाले उनको नम्बर ह्वात्तै बढ्ने छ। जसले गर्दा १२ तहका लागि उनी उपयुक्त एक पात्रका रुपमा अगाडि देखिएकी छन्। अहिले लुम्बिनीको सचिव भएर बसेका १२ नम्बरका डा. वासुदेव जनार्दनप्रसाद उपाध्याय पनि अगाडि आउँने देखिएको छ।

विगतका विवरणहरू हेर्दा बेइमानी नगरी कामको आधारमा मूल्याङ्नका गरे डा. सुधा देवकोटा १२ तह हुने देखिन्छ । आगामी ( फेब्रुअरी २५ बाट डा. रोशन पोखरेल र डा दिपेन्द्ररमण सिंहले अवकाश पाउँदैछन्। त्यस्तै सचिव नपाए राजीनामा दिनेहरुको सूची पनि तयारी भएकाले कम्तिमा पनि ३ जना १२ तह खाली हुने देखिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : ##कासमु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ