रामकृष्ण निरालाको संयोजकत्वमा नेपाल बारको निर्वाचन समिति गठन


काठमाडौं। नेपाल बार एसोसिएसको २७ औं केन्द्रीय कार्यसमितिका लागि निर्वाचन समिति गठन भएको छ। वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको भएको हो। निर्वाचन समितिक  सदस्यमा वरिष्ठ अधिवक्ता ताराबहादुर श्रेष्ठ, वरिष्ठ अधिवक्ता तेजनाथ धमला, अधिवक्ता सेमन्त निरौला र चन्द्रबहादुर शाही रहेका छन्। यस अघि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई निर्वाचन समितिको सदस्य बनाइएको कुरा सार्वजनिक भएपछि श्रेष्ठले निर्वाचन समितिमा बस्न अस्वीकार गरेपछि सिटौलालाई सदस्य बनाइएको हो। 

नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमिति चयनका लागि २०८१ चैत २३ गते शनिबारका लागि निर्वाचनको मिति तय भएको छ। वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अध्यक्षतामा बसेको नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन समिति गठन गर्ने र निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिइन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ