असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्राे हुन्छ: उपप्रधानमन्त्री सिंह


काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्राे हुने बताएका छन्। शनिबार विश्व निकेतन माविकाे ७९ औं वार्षिक साधारणसभामा बाेल्नुहुँदै उहाँले यस्ताे बताएका हुन्। उनले सामुदायिक विद्यालयकाे विकासमा आफूले सांसद भएदेखि नै जाेड दिइरहेकाे पनि प्रस्ट पारे। सांसद विकास काेषकाे रकम आउँदा आफूले अधिकांस रकम सामुदायिक विद्यालयका लागि छुट्याएकाे पनि स्मरण गराए।

 काठमाडौं-१ मा रहेकाे विश्व निकेतन माविले गुणस्तरीय शिक्षा प्रदान गरेकाे भन्दै प्रशंसा गरे। उनले किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई संलग्न गराउन सुझाव दिए। उपप्रधानमन्त्री सिंहकै पहलमा निर्मित नमूना विद्यालय भाैतिक याेजना निर्माण अन्तर्गत बनेकाे नयाँ भवनकाे पनि सिंहले उद्घाटन गरे। सिंहले आफूले दुख गरेर पढेकाे स्मरण गर्दै विद्यार्थीहरूलाई मेहनत गरेर पढन सुझाव दिए।

त्यस्तै, सिंहले फरक प्रसंगमा अहिले राजनीतिमा विभिन्न चरित्रहरू देखा परेकाे भन्दै सही र गलत छुट्याउन आग्रह गरे। समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाजसेवाका रूपमा राजनीतिलाई लिएकाे भन्दै राजनीतिमा लाग्ने सबै खराब छन् भन्न भाष्य गलत भएकाे उनको भनाइ छ । सिंहले अहिले विदेशमा बद्मासी गरेर आएकमहरू, चटेक प्रवृत्ति पनि राजनीतिमा देखिएकाे भन्दै सही र गलत भने नागरिकले छुट्याउनसक्नुपर्ने धारणा राखे।

लहैलहैमा लाग्याैं भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरूरी छ, जनप्रतिनिधि ठिक भएमात्रै प्राप्त उपलब्धिकाे रक्षा गर्दै विकासकाे काम अघि बढ्न सक्छ, यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् । तपाईँहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरू सुरक्षित र संवर्द्धन गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ।’, उपप्रधानमन्त्री सिंहले भने।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ