सुरक्षित, समावेशी र पहुँचयुक्त रोजगारीका लागि नियमित कार्यक्रम: सुनिता डंगोल


काठमाडौं। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रतिनिधिहरुले भेटेर सार्वजनिक रोजगारी सेवाका विषयमा कुराकानी गरेकी छिन्। भेटका क्रममा आइएलओ जेनेभाको लेबर मार्केट सर्भिसेस अफ ट्रान्जिसन्स युनिटका प्रमुख माइकल वासिकाकाताको नेतृत्वको प्रतिनिधि मण्डल सहभागी थियो ।

श्रमसँग सम्बन्धित महानगरपालिकाले गरेका कामका विषयमा जानकारी लिएका थिए। यस क्रममा प्रतिनिधिहरुले आपसी कार्यक्रमको अन्तर सम्बन्धमा विषयमा जिज्ञासा राखेपछिको प्रतिक्रियामा उपप्रमुख डंगोलले भनिन, ‘रोजगारीका लागि दक्षता प्रदान गर्ने कार्यक्रम, रोजगारीमै रहेका तर क्षमता विकासको अवसर नपाएका श्रमिकका लागि दक्षता वृद्धि गर्ने तालिम, तालिम लिएका व्यक्तिहरुलाई श्रम वैङ्कमा आवद्ध गराएर रोजगारीका अवसर प्रदान गर्ने कामलाई महानगरपालिकाले प्राथमिकता दिएको छ ।’

छलफलमा गएको वर्ष महानगरपालिकाले सञ्चालन गरेको सिप मेलासँग श्रम र रोजगारीका अवसरका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, ६८ हजार आवेदकमध्ये करिब ३९ हजार व्यक्ति तालिमका लागि योग्य रहेकोमा २ हजार ७ सयलाई सिप विकासको तालिम दिइएको जानकारी दिए।

त्यस क्रममा मानव पुँजी बजारको अवस्था, महानगरपालिकाले सञ्चालन गरेको श्रम वैङ्कमा आवद्धता र उपयोग, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत विषयमा कुराकानी भएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ