युएसएडकाे सहयोग नहुँदा पनि रोकिएन खोप अभियान
काठमाडौं । आफ्नाे सहयोग र सहभागिता बिना सरकारी काम सम्भव हुँदैन भन्ने एक प्रकारको दम्ब दातृ निकायमा छ। तर उक्त दम्बलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तहसनहस पारेका छन्। राष्ट्रपति निर्वाचित भएसँगै उनले अनुदानको रकममा कटौती गरेका छन् । अझ युएसआइडीको सबै खाता रोक्का गरेका छन् ।
युएसआइडी नेपालमा पनि दादागिरी गर्दै आएको एउटा संस्था हाे। स्वास्थ्य लाइभले यसको विषयमा विगतमा धेरै समाचारहरू लेखेको छ। हाम्रो सहभागिता बिना कार्यक्रम सफल हुँदैन जस्तो गर्ने युएसआइडी एचपीभी खोप अभियानबाट आउट भएको छ ।
अभियानमा ७० लाख बजेट राखेको युएसआइडी खाता रोके पछि विक्षिप्त बनेको छ। तर उसको बजेटले नेपालको खोप अभियानमा कुनै असर पारेको छैन। सौहार्दपूर्ण तरिकाले आजबाट खोप अभियान सुरु हुँदैछ।
एचपीभी खोप अभियानका लागि १ अरब ३० करोड हाराहारीमा बजेट अनुमान गरिएको छ। उक्त बजेटमा सबैभन्दा बढी रकम गाभीको रहेको छ। दातृ निकायको बजेट बिना पनि काम गर्न सक्छौं भन्ने एउटा गतिलो उदाहरण मात्र होइन यो अभियानले युएसएआईडीलाई भने झापड समेत हानेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राम्रो काम गरेका छन्। यसले नेपाल जस्तो देशम आफै सक्षम छौं भन्न प्रेरित गरेको छ।
आजदेखि आगामी फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीबी खोप अभियान सञ्चालन हुँदैछ। अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डाक्टर अभियान गाैतमले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस