सक्रिय बन्यो उपत्यका विकास प्राधिकरण, बागमती करिडोरका अवैध संरचना हटाउन निर्देशन
काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको काठमाडौं उपत्यकामा विकास प्राधिकरण एकाएक सक्रिय भएको छ। अतिक्रमणका परेका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने उपप्रधानमन्त्री सिंहले घोषणा गरेको एक हप्तापछि प्राधिकरण सक्रिय भएको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरणले मंगलबार बागमती करिडोरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका अवैध संरचना हटाउन निर्देशन दिएको छ। प्राधिकरणले सात दिने सूचना दिएर सरकारी/सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउन निर्देशन दिएको हो।
प्राधिकरणले बागमती करिडोरमा टाँसेको सूचनामा भनिएको छ, ‘बागमती खोलाको दायँबायाँ क्षेत्रभित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना सात दिनभित्र हटाउन वा खाली गर्नुहुन जानकारी गराइन्छ।’, कानुनले दिएको अधिकार प्रयोग गर्न नसकेर निदाएको र निकम्मा बनेको प्राधिकरण उपप्रधानमन्त्री सिंहको निर्देशनपछि जागेको छ। सरकारी/सार्वजनिक जग्गामा भएको अतिक्रमण र अवैध संरचनामा बल्ल प्रधिकरणको नजर पुगेको हो। ठेक्कापट्टा र कमिसनमा लिप्त प्राधिकरणले बल्ल कानुनले तोकेको जिम्मेवारी पूरा गर्न सक्रियता देखाएको छ।
क्याटेगोरी : समाचारट्याग : #काठमाडौं उपत्यका विकास प्राधिकरण, #बागमती करिडोर अवैध संरचना
तपाईको प्रतिक्रिया दिनुहोस