प्रेस चौतारीले गऱ्यो ११ जना पत्रकारलाई पुरस्कार दिने घोषणा


काठमाडौं। नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले ११ जना पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ। नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलदेखि नागरिक दैनिक वरिष्ठ संवाददाता टपेन्द्र कार्कीसम्म पुरस्कार पाउने सूचीमा छन्।

प्रेस चौतारी नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर (२२ माघ) मा प्रदान गर्दै आएको पुरस्कार आगमी फागुन २५ गतेदेखि २७ गतेसम्म विराटनगरमा हुने १० औं महाधिवेशन  उक्त पुरस्कार दिने निर्णय गरेको भएको छ। नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट उक्त पुरस्कार वितरण हुनेछ।

प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिमा हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार मातृका पौडेल (रामेछाप) दिने निर्णय भएको छ।  अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली) र डा. शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की)लाई दिने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) र रिमा सोमै (पाल्पा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौं) र मालती केसी (सुर्खेत)लाई दिने निर्णय भएको प्रेस चौतारीले जनाएको छ।  सावित्रीदेवी-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार  उषा तामाङ (दोलखा) र रोशनी कठेत (सुनसरी) दिने निर्णय भएको हो।

चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार भने गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा)ले पाउने भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ