शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा. सुवास आचार्य नियुक्त
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/FB_IMG_1738857455218.jpg)
काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. सुवास आचार्य नियुक्त भएका छन्। उनलाई कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त भएका हुन्। शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुखका रूपमा कार्यरत प्रा. डा. आचार्य कार्यकारी निर्देशकमा बाजी मारेका छन्।
कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा प्रा.डा. घनश्याम गुरुङ, सहप्राध्यापक डा. गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा. सुवासप्रसाद आचार्य नाम थियो। अन्तर्वार्तामा भने तीन जनालाई पछाडि पार्दै आचार्य कार्यकारी निर्देशक भएका हुन्।
महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी भने डा. सुरेश उप्रेतीले पाएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस