स्थानीय तहमा स्वास्थ्यका निमित्त सामान्यद्वारा सिनित्त


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रहेका स्वास्थ्यका निमित्तलाई सिनित्त पारिदिएको छ। मन्त्रालयले स्थानीय तहका निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी खोस्दा अधिकांश स्वास्थ्य सेवाका परेका छन्। मन्त्रालयले शुक्रबार १६ स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको आर्थिक तथा प्रशासनिक अधिकार खोस्ने निर्णय गर्दा ८ जना त स्वास्थ्य कै हाकिम परेका हुन्। त्यसपछि प्रशासन, शिक्षा सेवा विविध समूहका निमित्तको पनि मन्त्रालयले अधिकार खोसिदिएको हो।

स्वास्थ्य तर्फबाट निमित्त बनेर जिम्मेवारी खोसिनेमा बाराको पचरौता नगरपालिका नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं गौरी साह रहेका छन्। मुगुको छायाँनाथ नगरपालिका नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं पशुपती शाही र डोटीको शिखर नगरपालिका नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत सातौं हरिश्चन्द्र शाहको पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको अधिकार खोसिएको छ।

सप्तरीको रूपनी गाउँपालिका निमित्त नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं तारिणीप्रसाद यादव, महोत्तरीको सोनाम गाउँपालिका निमत्त नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं उमेशप्रसाद साह जिम्मेवारी खोसिनेमा परेका छन्।

सर्लाहीको विष्णु गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं सञ्जीव सापकोटा र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका निमित्त नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं सुदर्शन भट्टराईको जिम्मेवारी पनि सिनित्त भएको छ।

पर्वतको विहादी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेपाल स्वास्थ्य सेवा हेल्थ ईन्सपेक्सन समूह अधिकृत छैटौं हरिप्रसाद भुसाल समेत आर्थिक तथा प्रशासनिक अधिकार खोसिनेमा परेका छन्।

निमित्त मार्फत स्थानीय तहमा बेथिति मौलाउन थालेपछि सामान्यले एक्सन लिन थालेको हो। बेथितिको मतियार सबैभन्दा बढी स्वास्थ्यका अधिकृत देखिन्छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ