कलेजो प्रत्यारोपणको आठ वर्षमा पनि विदेशी चिकित्सककै भर
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250210_082533-scaled.jpg)
काठमाडौँ । नेपालमा कलेजो प्रत्यारोपणको आठ वर्ष पुरा भएको छ । ०७३ सालमा सहिद धर्मभक्त राष्ट्रिय मानवअङ्ग प्रत्यारोपण केन्द्रले विदेशी चिकित्सक ल्याएर नेपाली भूमिमा गरिएको थियो ।
सहिद धर्मभक्त राष्ट्रिय मानवअङ्ग प्रत्यारोपण केन्द्रलाई पछ्याउदै शिक्षण अस्पताल महाराजगञ्जले पनि कलेजो प्रत्यारोपण सुरु गरेको थियो । केन्द्रले सुरु गरेको तीन वर्ष पछि ०७६ सालमा शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण भएको थियो ।
तथ्याङ्क अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा १६ जनाको कलेजो प्रत्यारोपण भएको छ भने, सहिद धर्मभक्त राष्ट्रिय मानवअङ्ग प्रत्यारोपण केन्द्रमा ३२ जनाको प्रत्यारोपण भएको छ । नेपालमा चिकित्सकहरूले दुई देखि तीन वटा प्रत्यारोपणमा मात्रै विदेशी चिकित्सकको सहारा लिने त्यस पछि आफै सक्षम हुने बताउँदै आएका थिए ।
शिक्षण अस्पतालले १६ र केन्द्रले ३२ जनाको प्रत्यारोपण गर्दा सम्म विदेशी चिकित्सक बिना सम्भव भएको छैन । तर, यी दुवै अस्पतालका प्रत्यारोपणमा आवद्ध चिकित्सक डा पुकार चन्द्र श्रेष्ठ र डा रमेशसिंह भण्डारी विदेशी चिकित्सकको सहयोग बिना नेपाली चिकित्सकले नै प्रत्यारोपण गरिरहेको बताउँछन् । डा भण्डारीले पछिल्लो समय विदेशी चिकित्सककाे सहायता बिना प्रत्याराेपण सफल भइरहेको बताएका छन् ।
उनीहरूले भनेका कुरा जस्ताको त्यस्तै मिडियामा लेख्दा जनतामा भ्रम र सम्बन्धित चिकित्सकले आफू सक्षम भएको देखाएर सरकारसँग बार्गेनिङ ( माग राख्न) गरिरहेका छन् । यसको उदाहरण हो, डा पुकार चन्द्र श्रेष्ठ । ढाटेर निर्देशक पढ्काइ रहने उनको दाउ हाे ।
यती सम्मकी पुकार बिना प्रत्यारोपण सम्भव छैन, जस्तो गरिएको छ । तर, स्वास्थ्य लाइभले हालै एउटा पत्र प्राप्त गरेको छ । जुन पत्रले हरेक प्रत्यारोपणमा विदेशी चिकित्सक आएको पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि शिक्षण अस्पताल र केन्द्रमा भएका कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सक अनिवार्य भएको बताएका छन् । बाहिर जति गफ गरेपनि नेपाली चिकित्सकले प्रत्यारोपण गर्न सकेका छैनन् अधिकारीहरू भन्छन् ।
हालै सहिद धर्मभक्त राष्ट्रिय मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले ३२ औँ कलेजो प्रत्यारोपण गरेको छ । कलेजो प्रत्यारोपण गरिएका ललितपुर गोदावरी नगरपालिकाका ५६ वर्षीय व्यक्ति उपचारपश्चात् घर फर्किएका छन्। उनलाई ४१ वर्षीया श्रीमतीले आधा कलेजो दान गरेकी थिइन । उनीहरूको प्रत्यारोपणमा पनि भारतीय चिकित्सक माथिको विश्वास गुम्न सक्छ । त्यसैले आफूले नसक्ने अवस्थामा विदेशी चिकित्सक ल्याएर सेवा दिदा यथार्थ बताउनु नै उत्तम हुन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस