प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि अख्तियारको कार्यक्रममा जान सकेनन्
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2024/11/KPOli.jpg)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गम्भीर समस्या आएको छ। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सव कार्यक्रममा उपस्थित हुन सकेनन्।
प्रधानमन्त्री ओलीले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको थियो तर उनी कार्यक्रममा उपस्थित हुन नसकेपछि उनकाे तर्फबाट सभामुख देवराज घिमिरेले अख्तियारको पुरस्कार वितरण गरेका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयले आईतबार साँझ नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, अडिटोरियम हल, नक्सालमा ८:४५ बजे जाने कार्यक्रम सार्वजनिक गरेको थियो। तर, उनी कार्यक्रममा देखा परेनन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको पिसाबमा गम्भीर समस्या देखा परेका कारण अख्तियारको कार्यक्रममा जान नसकेका हुन्। प्रधानमन्त्री ओली मिर्गौला रोगका पीडित व्यक्ति हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस