ईलाले रोशनसँग अधिकृतको बदला सहसचिवमा लिइन्
काठमाडौं। परराष्ट्र सेवामा आन्तरिक प्रतिस्पर्धा ३ जना सहसचिव सिफारिस भएका छन्। सिफारिस भएका ३ जना नै महिला रहेका छन्। रोचक त के भने महिला कोटाबाट परराष्ट्र सेवाको शाखा अधिकृतमा छिरेका ईला मैनाली र रोशन खनाल सहसचिवको आन्तरिक प्रतिस्पर्धामा पनि सँगै भिडेका छन्।
२०६७ सालमा शाख अधिकृतमा महिला कोटाबाट १ नम्बरमा नाम निकालेकी रोशन सहसचिवमा २ नम्बरमा पुगेकी छिन्। शाखा अधिकृतमा २ नम्बरमा रहेकी ईला सहसचिवमा १ नम्बरमा उक्लिएकी हुन्। ईलाले रोशनसँग शाखा अधिकृतको बदला सहसचिवमा लिएकी छिन्। उपसचिवमा भने ईला र रोशन बढुवाद्वारा भएका थिए। सहसचिवमा आन्तरिक प्रतिस्पर्धाबाट आउन सफल भएका हुन्।
ईला र रोशनसँगै उनीहरूभन्दा पछि शाखा अधिकृत भएकी रोजिना ताम्राकार पनि सहसचिवमा प्रतिस्पर्धामा खरो उत्रिएकी छिन्। मोतीबहादुर श्रीसलाई बैकल्पिकमा पार्दै रोजिना ईला र रोशनसँग सहसचिव बन्न सफल भएकी हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #ईला मैनाली, #परराष्ट्र सहसचिव, #रोजिना ताम्राकार, #रोशन खनाल
तपाईको प्रतिक्रिया दिनुहोस