प्रमुख प्रशासकीय अधिकृत सहसचिव भएपछि काठमाडौंका चन्द्रागिरी र दक्षिणकाली खाली
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250213_181520.jpg)
काठमाडौं। प्रमुख प्रशासकीय अधिकृत सहसचिवमा सिफारिस भएपछि काठमाडौंका दुई नगरपालिकाका खाली भएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका छन्।
काठमाडौंका नगरपालिका उपसचिवका लागि आकर्षक मानिन्छ। काठमाडौं छिर्ने नाकामा रहेका चन्द्रागिरी र दक्षिणकाली झनै आकर्षक मानिन्छन्। त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत सहसचिव भएपछि उपसचिवलाई कार्यकारी बनेर जाने बाटो खुलेको हो। काठमाडौंको चन्द्रागिरी र दक्षिणकाली दुबै नेपाली कांग्रेसले जितेका नगरपालिका हुन्। चन्द्रागिरीमा घनश्याम गिरी र दक्षिणकालीमा मोहन बस्नेत मेयर रहेका छन्। उक्त ठाउँमा प्रमुख प्रशासकीय अधिकृत भएर जान उपससचिवहरूबीच प्रतिस्पर्धा नै हुने गरेको छ।
१ नम्बरमा सहसचिव सिफारिस भएका दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली त उपसचिव हुँदा ललितपुरको महालक्ष्मी, बाराको गढीमाई, नवलपरासीको कावासोतीजस्ता स्थानीय तह हाँकेर आएका व्यक्ति हुन्। त्यस्तै सहसचिवमा सिफारिस भएका चन्द्रागिरीका प्रमुख प्रशासकीय अधिकृत अर्याल पनि दार्चुलाको शैल्यशिखर नगरपालिकासहितका स्थानीय तह चलाएर आएका व्यक्ति हुन्।
अहिले सहसचिव सिफारिस भएका व्यक्तिहरू हेर्दा फिल्डमा खटेकै र जनतासँग भिजैकै आउन सफल भएका छन्। लोक सेवाका लागि किताब मात्र होइन काम र पढाई सँगसँगै गर्नुपर्छ भन्ने यो एउटा ‘म्यासेज’ पनि हो। कोही भने पढ्न कै लागि निजामती कर्मचारी बनेको पाइन्छ। उनीहरूको मुख्य काम नै लोक सेवाको तयारी गर्नु हो।
क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरी नगरपालिका, #दक्षिणकाली नगरपालिका, #प्रमुख प्रशासकीय अधिकृत, #रोशन ज्ञवाली, #सहसचिव आन्तरिक प्रतिस्पर्धा, #हेमराज अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस