भोजपुरको अरूण गाउँपालिकालाई १ महिनादेखि संघीय मन्त्रालयले कार्यकारी दिएन

काठमाडौं। भोजपुरको अरूण गाउँपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन। चन्द्रागिरीमा प्रमुख प्रशासकीय अधिकृत खाली हुनेवित्तिकै आफ्नै सरूवाको निर्णय गराएका भुवनेश्वर लामिछाने उक्त शाखाको प्रमुख छन्। तर, अरूण गाउँपालिकामा भने महिना दिनदेखि प्रमुख प्रशासकीय अधिकृत खाली हुँदा पनि पठाएका छैनन्।
अरुण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा धेरै काम ठप्प बनेकाे छ। अरूण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नी पराजुली महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा ठाउँ छाडेर हिँडेका छन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। गाउँपालिका भने रिक्त छ।
संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री एमालेको भएकाले कांग्रेसले जितेको स्थानीय तहमा असहयोग गर्ने नीति मन्त्रालयले लिएको देखिन्छ। सकेसम्म प्रमुख प्रशासकीय अधिकृत पठाएर नेतृत्वमा असफल बनाउने र जनतालाई सास्ती दिने रणनीतिमा संघीय मन्त्रालय लागेको आरोप लागेको छ। घटनाक्रमले पनि त्यस्तै देखाउँछ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस