शिक्षामा नारायणप्रसाद भट्टराईलाई वैकल्पिकमा पारेका दीपक शर्मा सेवानिवृत्त भए


काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरका महानिर्देशक दीपक शर्मा सेवा निवृत्त भएका छन्। शिक्षा सचिव र केन्द्रमा महानिर्देशक दुबै दीपक थिए। तीमध्ये महानिर्देशक दीपक शर्मा चाहिँ ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। सचिव दीपक काफ्ले करिब साढे दुई वर्ष सरकारी सेवामा रहेर घर जानेछन्।

दीपक शर्मा सहसचिव

हालै सेवानिवृत्त भएका शिक्षा तथा मानव स्रोत विकास केन्द्र महानिर्देशक शर्मा २०७३ चैतमा शिक्षा प्रशासन समूहको सहसचिव भएका थिए। त्यो बेला हाल कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका नारायणप्रसाद भट्टराई वैकल्पिकमा परेका थिए। शिक्षाको सहसचिवमा वैकल्पिकमा परेका भट्टराई सचिव बन्ने लाइनमा छन्। तर, त्यो बेला सहसचिव बनेका शर्मा भने सहसचिवबाटै घर गएका छन्।

२०७३ साल चैतमा शिक्षाको वैकल्पिकमा परेका भट्टराई २०७४ असारमा खुला प्रतिस्पर्धाबाट प्रशासन तर्फको सहसचिव बनेका थिए। शिक्षाको वैकल्पिकमा परेर प्रशासनतिर फड्किका भट्टराईलाई भाग्योदय भएको छ। उनी गोरखा चितवन जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै गृह मन्त्रालयको आकर्षक सुरक्षा तथा समन्वय विभाग प्रमुख समेत बन्न सफल भए। अध्ययागमा विभाग, यातायात व्यवस्था विभाग, कारागार व्यवस्थापन विभागलगायतमा महानिर्देशकको भूमिकामा समेत काम गर्न पाए। शिक्षाको सीमित घेराबाट प्रशासनको समुन्द्रमा आएका भट्टराई सचिव भने ढिलो हुनेछन्। उस्तै परे नहुन पनि सक्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #दीपक शर्मा, #नारायणप्रसाद भट्टराई, #शिक्षा तथा मानव स्रोत विकास केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ