सार्वजनिक स्थानमा फोहोरमैला फाल्नेलाई १५ हजारसम्म जरिवाना


काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरिएको बताइन्। सार्वजनिक स्थानमा फोहोरमैला फाल्नेलाई पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने राईको भनाइ छ।

‘काठमाडौं महानगरपालिका क्षेत्रका घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको जानकारी गराइन्छ। साथै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ ।’, वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा उल्लेख छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ