बालेनले प्रधानमन्त्रीसँग खोजे नेपाली भएर बाँच्ने आधार

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली भएर बाँच्ने आधार खोजेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले प्रधानमन्त्रीसँग नेपाली भएर बाँच्ने आधार खोजेका हुन्। बालेनले आफूलाई मेयर भनेर बर्सिएर नेपाली भएर बाँच्ने आधार प्रधानमन्त्रीसँग खोजेका छन्।
बालेनले लेखेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्?’,
काठमाडौं महानगरपालिका मेयर बालेनसँग प्रधानमन्त्री ओलीको सम्बन्ध सुमधुर छैन। बालेन र ओली बेला-बेलामा एक अर्काबीच घोचपेच गरिरहन्छन्। पछिल्लो समय भने बालेनले प्रधानमन्त्री ओलीसँग नेपाली भएर बाँच्ने आधार खोजेका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस