शक्ति केन्द्रको आडमा सशस्त्रको डिआईजीमा सिफारिस भए

काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)मा चरम राजनीति घुस्न थालेको छ। वरिष्ठहरूलाई पाँखा लगाउँदै कनिष्ठहरू धमाधम बढुवा हुन थालेका छन्।
सशस्त्र प्रहरी बलको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि तीन जनाको नाम सिफारिस हुँदा त्यस्तै भएको छ। गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा सिफारिस गरेको हो ।
१ नम्बरमा सिफारिस भएका कृष्ण ढकाल मुख्यसचिव एकनारायण अर्यालका नातेदार हुन्। ससुरालीतिरका नातेदार ढकाललाई मुख्यसचिव अर्यालले च्यापेपछि कृष्ण पाठक, मनिष थापा रिङ आउँट भएका छन्। बल्लतल्ल स्टाफ कलेज गरेका ढकाललाई डिआईजी बनाउन मुख्यसचिव नै लागेपछि पाठक र थापा रिङ आउँट भएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा भतिजीज्वाइँ दिपेन्द्र कुँवरलाई गृहमन्त्री रमेश लेखक र नुवाकोट विष्णु भट्टलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले च्यापेपछि प्रविण कँडेललगायतका एसएसपीहरू अन्यायमा परेका छन्। कुँवरलाई डिआईजी बनाउन भानु देउवा र रमेश लेखक जसरी लागिपरे त्यसरी नै भट्टलाई डिआईजीमा सिफारिस गर्न विष्णु रिमाल लागेको गृह मन्त्रालय र सशस्त्र प्रहरी बलभित्र चर्च छ। शक्ति केन्द्रको आडमा मात्र बढुवा हुने परिपाटी सशस्त्र प्रहरीभित्र भित्रिएको छ। वरिष्ठलाई रोकेर कनिष्ठलाई डिआईजीमा सिफारिस गरेको घटनाले त्यसलाई थप पुष्टि गर्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस