समानुपातिकबाट ३ पटक सांसद बनेकी ईश्वरीले ज्ञानेन्द्रलाई चुनाव लड्न दिइन् चुनौती


काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट ३ पटक  सांसद भएकी ईश्वरी न्यौपानेले ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिइकी छिन्। २०६४, २०७० र २०७९ ( अहिले) गरी ३ पटक समानुपातिक प्रणालीको दुरूपयोग गर्दै सांसद भएकी ईश्वरीले राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्रलाई २०८४ मा चुनाव लड्न चुनौती दिएकी हुन्। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ईश्वरीले उक्त चुनौती दिएकी छिन्। 

२०७४ मा कैलाली क्षत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लड्दा ईश्वरी तेस्रो भएकी थिइन्। उनै ईश्वरीले ज्ञानेन्द्रलाई चुनाव लड्न चुनौती दिएकी हुन्।

कांग्रेसबाटै समानुपातिक सांसद रहेकी ईश्वरी न्यौपाने पनि तेस्रोपटक आरक्षण दुरूपयोग गर्नेमा पर्छिन्। संसदीय सुनुवाई समितिको सभापति समेत रहेकी न्यौपाने पहिलो संविधानसभा-२०६४ र दोस्रो संविधानसभा-२०७० मा समानुपातिक सांसद थिइन्। २०७४ सालमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लडेकी न्यौपाने प्रतिस्पर्धामा गुल्टिएर तेस्रो भएकी थिइन्। त्यसपछि २०७९ सालमा फेरि समानुपातिक मै फर्किन। आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका महिलाले पाउनु पर्ने आरक्षणमा ईश्वरी ३ पटक लाभ लिन सफल भएकी छिन्।

प्रत्यक्षमा लड्दा पराजित आरक्षणको दुरुपयोग गरेर तेस्रोपटक समानुपातिक भएकी ईश्वरीले संसद्‌बाट ज्ञानेन्द्रलाई चुनाव लड्न हाँक दिएकी हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ