ऊर्जामन्त्री खड्काविरुद्ध लेखेका आयोजना प्रमुख गुरूङ निशानामा

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का तानाशाही प्रवृत्ति देखाउन थालेका छन्। खड्काविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरूङलाई हटाउन निर्देशन दिइएको छ। गुरूङलाई आयोजना प्रमुखबाट हटाउने निर्देशनलाई लिएर ऊर्जामन्त्री खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आम्नेसाम्ने देखिएका छन्। यसले ऊर्जामन्त्री खड्काले तानाशाही प्रवृत्ति देखाउन खोजेको पुष्टि हुन्छ। जुन नेपाली कांग्रेसको सिद्धान्त र आदर्शविपरीत छ।
‘तहाँ प्राधिकरण अन्तर्गत संचलित दुधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरूङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा छलफल भै निर्देशन समेत भै सकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ।’, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लेखेको पत्रमा उल्लेख छ।
ऊर्जामन्त्री खड्का प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नै हटाउने पक्षमा छन्। मन्त्रीविरुद्ध लेख्ने आयोजना प्रमुख गुरूङलाई हटाउन खड्काको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएपनि घिसिङले कुनै मतलब गरेका छैनन्। जसरी पनि आयोजना प्रमुख गुरूङलाई हटाउनु पर्ने लाइनमा रहेका मन्त्रीले सचिवमार्फत उनलाई हटाउन घिसिङलाई ताकेता गरेको देखिन्छ। यसले ऊर्जामन्त्री खड्काको चरित्र उदांगो पारिदिएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस