स्वास्थ्य सचिव पोखरेल र अतिरिक्त सचिव सिंहको बिदाई


काठमाडौं। विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधिका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह सेवानिवृत्त भएका छन्। पोखरेल र सिंह २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ (बाह्रौं तह)मा बढुवा भएका थिए। पोखरेल २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भए थिए भने सिंह बाह्रौं तहमै ५ वर्ष समय व्यतित गरेर बिदाई भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिव डा. पोखरेल र अतिरिक्त सचिव (बाह्रौं तह) डा. सिंहको आईतबार बिदाई गरेको छ। योसँगै स्वास्थ्यमा प्राविधिक सचिव र १ अतिरिक्त सचिव रिक्त भएको छ। स्वास्थ्य सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंक बाराकोटी र डा. विकास देवकोटाबीच प्रतिस्पर्धा छ। उनीहरूमध्ये १ जना स्वास्थ्य सचिवमा बढुवा भएपछि अतिरिक्त सचिवमा २ पद रिक्त हुनेछ। त्यसमा पनि थुप्रै प्रतिस्पर्धी रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ