जेलबाटै अवकाशमा गए सचिव टेकनारायण पाण्डे


काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डमा कारागार (जेल)मा थुनिएका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश भएका छन्। २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन्।

गृह सचिव हुँदा पाण्डे नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा पुर्पक्षका लागि थुनामा पुगेका छन्। उनकी श्रीमती मञ्जु पाण्डे छुटाउनका लागि बन्दीप्रत्येक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा पुगेपनि माघ २९ गते न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको संयुक्त इजलासले गर्न थुनामुक्त गर्न अस्वीकार गरेपछि सचिव पाण्डे जेलबाटै अवकाश भएका हुन्।

शिक्षा सेवाका सहसचिव पाण्डे कर्णाली प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदै गृह सचिव बन्न सफल भएका थिए। तर, त्यहिँ गृह सचिव उनका लागि ठूलो अभिषाप बन्यो। गृह सचिवबाट उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे त्यहाँबाट नक्कली भुटानी शरणार्थी काण्डमा प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि जेलको चिसो हावा खान पुगेका हुन्। सचिव पाण्डेले ‘पोलेका’ तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन्। सचिव पाण्डे भने जेलबाटै अवकाश भएका हुन्।

आईतबार नै स्वास्थ्य तथा जनसंख्या सचिव र अतिरिक्त सचिवबाट अवकाश पाएका डा. रोशन पोखरेल र दिपेन्द्ररमण सिंह अबिर, टीका, खादा र माला लगाएर मन्त्रालयबाट बिदाई हुँदा सचिव पाण्डे भने जेलभित्रै बसेर सेवानिवृत्त हुन बाध्य भएका छन्। ‘भ्रष्ट’ कर्मचारीहरूका लागि जेलबाटै अवकाशमा गएका सचिव पाण्डे पाठ हुन सक्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ