राष्ट्रियसभामा पाका सांसदहरूको दबदबा, बामदेवसहित १२ जना ७० कटेका (हेराैं उमेर)


काठमाडौं। राष्ट्रियसभामा पाका सांसदहरूको दबदबा देखिन्छ।जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले राष्ट्रियसभालाई ‘बृद्धाश्रम’ भनिदिएपछि राष्ट्रिय सभाले चर्चा पाएको हो। राष्ट्रियसभाले बुद्धाश्रम भन्ने शाहीको अभिव्यक्तिविरुद्ध सर्वसम्मत रुपले खेद प्रस्ताव समेत पारित गरेको छ। राष्ट्रियसभा सांसद शाहीले भनेजस्तै बृद्धाश्रम नै हो त? 

स्वास्थ्य लाइभले सूचनाको हक प्रयोग गरेर लिएको विवरणमा राष्ट्रिय सभामा बामदेव गौतम, कृष्णप्रसाद सिटौलासहित १२ जना सांसद ७० कटेका भेटिएका छन्। गौतम र सिटौलासहित गोपालकुमार बस्नेत, शारदादेवी भट्ट, युवराज शर्मा ,विष्णुदेवी पुडासैनी, गोपाल भट्टराई, आनन्दप्रसाद ढुंगाना, बलदेव बोहरा, नारायण दत्त मिश्र, सुरेशकुमार आले मगर र डा. बेदुराम भुसाल ७० वर्ष कटेका राष्ट्रियसभा सदस्यमा पर्छन्। त्यसमा पनि बस्नेत, गौतम, भट्ट र सिटौला त ७५ वर्ष नाघिसकेका छन्।

नेपालमा ६८ वर्षमा बृद्धभत्ता दिने व्यवस्था छ। राष्ट्रियसभामा खाने उमेर कै २० जना सांसद छन्। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित इन्दिरादेवी गौतम, भुवनबहादुर सुनार, शेखरकुमार सिंह,गोमादेवी तिमिल्सिना, मृगेन्द्रकुमार सिंह यादव, उदयबहादुर बोहरा र उर्मिला अर्याल उक्त उमेर समूहका हुन्।

राष्ट्रियसभामा ७० देखि ८० वर्षभित्रका १२ जना, ६० देखि ७० वर्षभित्रका २० जना, ५० देखि ६० वर्षभित्रका १९ जना र ४० देखि ५० वर्ष भित्रका ८ जना सदस्य रहेका छन्। यसरी हेर्ने हो भने अध्यक्ष र उपाध्यक्षसहित ५९ सदस्यीय राष्ट्रियसभामा ६० वर्ष माथिका ३२ जना सदस्य रहेका छन्। यो भनेको स्पष्ट बहुमत हो। राष्ट्रियसभालाई विज्ञ सभा बनाउनु पर्नेमा दलहरूले पाका सभा बनाएको भन्दै आलोचना हुँदै आएको छ। प्रतिनिधिसभाका सदस्य शाहीको टिप्पणीपछि यो विषयले झनै चर्चा पाएको हो।

राष्ट्रियसभाका सबैभन्दा जेष्ठ सदस्य झापा बिर्तामोड निवासी राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत २००२ साल असोज ९ गते जन्मिएका हुन्। नेपाली कांग्रेसबाट राष्ट्रियसभामा पुगेका उनी ७९ वर्षका भए। मन्त्रिपरिषद्बाट राष्ट्रियसभामा मनोनित प्युठानको क्वाडीका बामदेव गौतम २००५ साल असार ४ जन्मिएका हुन्। उनी ७६ वर्षका भए। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य भएकी धनगढी कैलालीकी शारदादेवी भट्ट २००६ असोज १ गते जन्मिएकी हुन्। उनी ७५ वर्षकी भइन्।

तेह्रथुम आठराई हुँदै झापा झरेका कृष्णप्रसाद सिटौला २००६ साल कार्तिक २४ गते जन्मिएका हुन्। नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेकी उनी पनि ७५ वर्षका भइसके। बाँके बैजनाथका कांग्रेस कै युवराज शर्मा २००७ जेठ १२ गते जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य शर्मा ७४ वर्षका भए। काठमाडौं भद्रवासकी विष्णुदेवी पुडासैनी २००७ जेठ १३ गते जन्मिएकी हुन्। नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य बन्न सफल उनी ७४ वर्षकी भइन्। रुपन्देही तिलोत्तमाका गोपाल भट्टराई २००७ कार्तिक १० जन्मिएका हुन्। नेकपा एमालेका नेता भट्टराई ७४ वर्षका भए।

धनुषाका कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगाना ७४ वर्षका भए। उनी २००७ साल कार्तिक १२ गत जन्मिएका हुन्। कांग्रेस कै राष्ट्रियसभा सदस्य बलदेव बोहरा ७३ वर्षका भए l कञ्चनपुरका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका हुन्। कैलाली जोशीपुरका नेपाली कांग्रेसका नेता नारायण दत्त मिश्र २०१० साल भदौ १ जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य मिश्र ७१ वर्षका भए।

राष्ट्रियसभा सदस्य रहेका तनहुँका सुरेशकुमार आले मगर ७१ वर्षका भए। नेकपा माओवादी केन्द्रका नेता आले २०१० साल चैत १ गते जन्मिएका हुन्। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका डा. बेदुराम भुसाल ७० वर्षका भए। अर्घाखाँचीका भुसाल २०११ साल असार १५ गते जन्मिएका हुन्।

एमालेबाट राष्ट्रियसभा सदस्य भएकी इन्दिरादेवी गौतम ६९ की भइन्। ईटहरी सुनसरीकी गौतम २०१२ साल जेठ ६ गते जन्मिएकी हुन्। नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य भएका भुवनबहादुर सुनार ६९ वर्षका भए।पालुङटार गोरखाका सुनार २०१२ साल कार्तिक ९ गते जन्मिएका हुन्। उनी अपाङ्ग कोटाबाट राष्ट्रियसभा सदस्य बनेका हुन्। लोसपा, नेपालबाट राष्ट्रियसभा सदस्य रहेका शेखरकुमार सिंह ६९ वर्षका भए। २०१२ साल कार्तिक १७ गते सप्तरी तिनाठी कोइनादी जन्मिएका सिंह लोसपाको तर्फबाट एक्लो राष्ट्रियसभा सदस्य हुन्। गोमादेवी तिमिल्सिना २०१२ माघ ९ गते जन्मिएकी हुन्। नेकपा एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य बनेकी तिमिल्सिना ६९ वर्षकी भइन्।

राष्ट्रियसभाका अध्यक्ष समेत रहेका चितवनका नारायणप्रसाद दाहाल ६९ वर्षका भए। नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष बनेका दाहाल १०१२ साल फागुन १२ गते जन्मिएका हुन्। जसपा, नेपालबाट राष्ट्रियसभा सदस्य बनेका मृगेन्द्रकुमार सिंह यादब ६९ वर्षका भए। उनी २०१२ साल फागुन १२ गते सप्तरीको बोदे बर्साइनमा जन्मिएका हुन्।

२०१३ साल चैत १० गते जन्मिएका उदयबहादुर बोहरा नेकपा एकीकृत समाजवादी तर्फबाट राष्ट्रियसभा सदस्य बनेका हुन्। बोहरा ६८ वर्षका भए। नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेकी उर्मिला अर्याल ६८ वर्षकी भइन्। उनी २०१३ साल चैत २५ गते जन्मिएकी हुन्। नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य भएका किरणबाबु श्रेष्ठ ६७ वर्षका भए। गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठ २०१४ जेठ २५ गते जन्मिएका हुन्।

राष्ट्रियसभा सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ६६ वर्षका भए। झापा दमकका एमाले नेता दाहाल २०१५ साल भदौं १५ गते जन्मिएका हुन्। राष्ट्रिय जनमोर्चाका तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने तुलप्रसाद विश्वकर्मा ६६ वर्षका भए। बाग्लुङ हुँदै रुपन्देही पुगेका विश्वकर्मा २०१५ साल असोज १ जन्मिएका हुन्। एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी रूक्मिणी कोइराला ६६ वर्षकी भइन्। नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य तारामान स्वार ६६ वर्षका भए। उनी २०१५ चैत १४ गते आछाम साँफेवगरमा जन्मिएका हुन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ६४ वर्षका भए। गोरखाको सिरानचोक जौबारी श्रेष्ठ २०१७ कार्तिक २ गते जन्मिएका हुन्। नेकपा एमालीकी नेतृ सुमित्रा विसी पनि ६४ वर्षकी भइन्। राष्ट्रियसभा सदस्य वीरेन्द्रनगर सुर्खेतकी बिसी २०१७ साल पुस १७ गते जन्मिएकी हुन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सचिव समेत रहेका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेल ६३ वर्षको भए। उनी २०१८ साल असार १५ गते जन्मिएका हुन्।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बन्न सफल झक्कुप्रसाद सुवेदी ६३ वर्षका भए। रोल्पाली सुवेदी २०१८ साल माघ २८ गते जन्मिएका हुन्। राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्मा २०१९ साल फागुन २६ जन्मिएका हुन्।नेकपा माओवादी केन्द्र कालीकोटका नेता विश्वकर्मा ६२ वर्षका भए। राष्ट्रियसभा सदस्य समेत रहेका मायाप्रसाद शर्मा ६१ वर्षका भए। माओवादी केन्द्रका नेता शर्मा २०२० साल असार १५ जाजरकोट भेरी जगतीपुरमा जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य कमलादेवी पन्त ६० वर्षकी भइन्। कांग्रेस नेतृ पन्त २०२१ असोज १५ गते गोरखामा जन्मिएकी हुन्।

राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारी ५९ वर्षका भए। माओवादी केन्द्रका नेता अधिकारी २०२२ साल जेठ १७ गते जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य नारायण दत्त भट्ट ५९ वर्षका भए। अपांग तर्फबाट राष्ट्रियसभा सदस्य बनेका कांग्रेस नेता भट्ट २०२२ साल चैत २ जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा ५८ वर्षकी भइन्। कांग्रेस नेतृ सापकोटा २०२३ साल असार १० गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहाल ५७ वर्षकी भइन्।धनुषा लालगढकी एमाले नेतृ दाहाल २०२४ साल जेठ १ जन्मिएकी हुन्।

राष्ट्रियसभा सदस्य जयन्तीदेवी राई ५७ वर्षकी भइन्। नेकपा एकीकृत समाजवादी नेतृ राईको जन्म २०२४ असोज २ भोजपुर ट्याम्केमैयुङमा भएको हो। एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे पनि ५७ वर्ष कै भइन्। गैरे २०२४ साल पुस १५ गते पाल्पाको रामपुरमा जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट ५६ वर्षका भए। चौकुने सुर्खेतका माओवादी केन्द्रका नेता विष्ट २०२५ साल असार २० गते जन्मिएका हुन्। राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाया ५६ वर्षका भए। रुकुमका कांग्रेस नेता रोकाया २०२५ साल कार्तिक २७ गते जन्मिएका हुन्।

राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पा ५६ वर्षका भए। सोलुखुम्बु खुम्बु पासाङ ह्लामुका एमाले नेता शेर्पा २०२५ साल माघ २६ गते जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ ५५ वर्षकी भइन्। सुर्खेतकी कांग्रेस नेतृ गुरुङ २०२६ वैशाख १ जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य मोहम्मद खालिद ५५ वर्षका भए जसपा,नेपालका नेता खालिद २०२६ वैशाख १३ सिरहा रमौलमा जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य मदनकुमारी शाह पनि ५५ वर्ष कै भइन्। टिकापुर कैलालीकी नेकपा एकीकृत समाजवादीकी नेतृ शाह २०२६ साल असार २ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासे ५५ वर्षकी भइन्। चितवनको माडीकी माओवादी केन्द्र नेतृ बेल्वासे २०२६ साल पुस ५ गते जन्मिएकी हुन्।

राष्ट्रियसभा सदस्य सावित्री मल्ल ५३ वर्षकी भइन्। नेकपा एकीकृत समाजवादीकी नेतृ दैलेखकी मल्ल २०२८ साल माघ ५ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ५३ वर्षका भए। दाङको तुल्सीपुरका माओवादी केन्द्रका नेता शर्मा २०१८ माघ १५ गते जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य जितजंग बस्नेत ५२ वर्षका भए। ललितपुरका कांग्रेस नेता बस्नेत २०२९ साल जेठ २० गते जन्मिएका हुन्।

राष्ट्रियसभाकी उपाध्यक्ष समेत रहेकी विमला घिमिरे ५२ वर्षकी भइन्। कपिलवस्तु वाणगंगाकी एमाले नेतृ घिमिरे २०२९ साल साउन १२ गते जन्मिएकी हुन्। राष्ट्रियसभाकी मनोनित सांसद डा. अन्जन शाक्य ५१ वर्षकी भइन्। संखुवासभाकी शाक्य २०३० कार्तिक १२ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामी ५० वर्षका भए। सुन्दरहरैचा मोरङका नेकपा माओवादी केन्द्रका नेता आछामी २०३१ साल पुस ७ गते जन्मिएका हुन्। राष्ट्रियसभा सदस्य राधेश्याम पासवान ४९ वर्षका भए। सर्लाही लालबन्दीका नेकपा माओवादी केन्द्रका नेता पासवान २०३२ साल असार १० गते जन्मिएका हुन्। 

राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको सचेत समेत रहेकी भगवती न्यौपाने ४८ वर्षकी भइन्। तनहुँको भानुकी न्यौपाने २०३३ साल साउन १२ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य जगतबहादुर पार्की ४८ वर्षका भए। डडेलधुरा आलिताल नेकपा माओवादी केन्द्र नेता पार्की २०३३ मंसिर २२ गते जन्मिएका हुन्। 

राष्ट्रियसभा सदस्य पुजा चौधरी ४५ वर्षकी भइन्। जसपा, नेपालकी नेतृ चौधरी २०३६ माघ २६ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य मनरूपा शर्मा ४४ वर्ष पुगिन्। माओवादी केन्द्रकी नेतृ शर्मा २०३७ साल साउन १५ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य रेणु चन्द ४४ वर्षकी भइन्। नेकपा माओवादी केन्द्रकी नेतृ चन्द २०३७ साल भदौ २८ गते जन्मिएकी हुन्। राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ४४ वर्षका भए। नेकपा एकीकृत समाजवादीका नेता रिजाल २०३७ साल पुस ८ गते जन्मिएका हुन्।

राष्ट्रियसभाको सबैभन्दा कान्छो सदस्य पदमबहादुर परियार हुन्। कांग्रेस नेता परियार ४३ वर्षका भए। उनी २०३८ साल कार्तिक २६ गते जन्मिएका हुन्। 

राष्ट्रियसभामा ५० वर्ष मुनिका सदस्यमा पदमबहादुर परियार, घनश्याम रिजाल, रेणु चन्द, मनरूपा शर्मा, पुजा चौधरी, जगतबहादुर पार्की, भगवती न्यौपाने र राधेश्याम पासवान रहेका छन्।

 

राष्ट्रियसभाका सदस्यहरू

१,गोपालकुमार बस्नेत-७९ (कांग्रेस)

२,बामदेव गौतम-७६ (मनोनित)

३,शारदादेवी भट्ट-७५ (एमाले)

४,कृष्णप्रसाद सिटौला-७५ (कांग्रेस)

५,युवराज शर्मा-७४ (कांग्रेस)

६,विष्णुदेवी पुडासैनी-७४ (कांग्रेस)

७,गोपाल भट्टराई-७४ (एमाले)

८,आनन्दप्रसाद ढुंगाना- ७४ (कांग्रेस)

९,बलदेव बोहरा-७३ (कांग्रेस)

१०,नारायण दत्त मिश्र-७१ (कांग्रेस)

११,सुरेशकुमार आले मगर-७१ (माओवादी)

१२,डा. बेदुराम भुसाल-७० (एकीकृत समाजवादी)

१३,इन्दिरादेवी गौतम -६९ (एमाले)

१४,भुवनबहादुर सुनार-६९ (माओवादी)

१५,शेखरकुमार सिंह-६९ (लोसपा,नेपाल)

१६,गोमादेवी तिमिल्सिना-६९ (ए. समाजवादी)

१७,नारायणप्रसाद दाहाल-६९ (माओवादी)

१८,मृगेन्द्रकुमार सिंह यादव-६९ (जसपा, नेपाल)

१८,उदयबहादुर बोहरा-६८ (एकीकृत समाजवादी)

२०,उर्मिला अर्याल-६८ (माओवादी)

२१, किरणबाबु श्रेष्ठ-६७ (कांग्रेस)

२२,देवेन्द्र दाहाल-६६ (एमाले)

२३,तुलप्रसाद विश्वकर्मा-६६ (राष्ट्रिय जनमोर्चा)

२४,रूक्मिणी कोइराला-६६ (एमाले)

२५,तारामान स्वार-६६ (माओवादी)

२६,नारायणकाजी श्रेष्ठ-६४ (माओवादी)

२७,सुमित्रा विसी-६४ (एमाले)

२८,कृष्णप्रसाद पौडेल-६३ (कांग्रेस)

२९,झक्कुप्रसाद सुवेदी-६३ (माओवादी)

३०,विष्णुबहादुर विश्वकर्मा-६२ (माओवादी)

३१,मायाप्रसाद शर्मा-६१ (माओवादी)

३२,कमलादेवी पन्त-६० (कांग्रेस)

३३,श्रीकृष्णप्रसाद अधिकारी-५९ (माओवादी)

३४,नारायण दत्त भट्ट-५९ (कांग्रेस)

३५,विष्णुकुमारी सापकोटा-५८ (कांग्रेस)

३६,तुलसाकुमारी दाहाल-५७ (एमाले)

३७,जयन्तीदेवी राई-५७ (एकीकृत समाजवादी)

३८,राजेन्द्रलक्ष्मी गैरे- ५७ (एकीकृत समाजवादी)

३९,नरबहादुर विष्ट-५६ (माओवादी)

४०,कृष्णबहादुर रोकाया-५६ (कांग्रेस)

४१,सोनाम गेल्जेन शेर्पा-५६ (एमाले)

४२,दुर्गाकुमारी गुरुङ-५५ (कांग्रेस)

४३,मोहम्मद खालिद-५५ (जसपा,नेपाल)

४४,मदनकुमारी शाह-५५ (एकीकृत समाजवादी)

४५,गंगाकुमारी बेल्वासे-५५ (माओवादी)

४६,सावित्री मल्ल-५३ (एकीकृत समाजवादी)

४७, जगप्रसाद शर्मा-५३ (माओवादी)

४८,जितजंग बस्नेत-५२ (कांग्रेस)

४९,विमला घिमिरे-५२ (एमाले)

५०,डा. अन्जन शाक्य-५१ (मनोनित)

५१,गोपीबहादुर सार्की आछामी-५० (माओवादी)

५२,राधेश्याम पासवान-४९ (माओवादी)

५३,भगवती न्यौपाने-४८ (एमाले)

५४,जगतबहादुर पार्की-४८ (माओवादी)

५५,पुजा चौधरी-४५ (जसपा, नेपाल)

५६,मनरूपा शर्मा-४४ (माओवादी)

५७, रेणु चन्द-४४ (माओवादी)

५८,घनश्याम रिजाल-४४ (एकीकृत समाजवादी)

५९,पदमबहादुर परियार-४३ (कांग्रेस)

 

क्याटेगोरी : समाचार
ट्याग : #आनन्दप्रसाद ढुंगाना, #इन्दिरादेवी गौतम, #उदयबहादुर बोहरा, #उर्मिला अर्याल, #कृष्णप्रसाद सिटौला, #गोपाल भट्टराई, #गोपालकुमार बस्नेत, #गोमादेवी तिमिल्सिना, #घनश्याम रिजाल, #जगतबहादुर पार्की, #डा. बेदुराम भुसाल, #नारायण दत्त मिश्र, #पदमबहादुर परियार, #पुजा चौधरी, #बलदेव बोहरा, #भगवती न्यौपाने, #भुवनबहादुर सुनार, #मनरूपा शर्मा, #मृगेन्द्रकुमार सिंह यादव, #युवराज शर्मा, #राधेश्याम पासवान, #राष्ट्रियसभा सदस्य, #राष्ट्रियसभा सदस्य उमेर, #राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, #रेणु चन्द, #वामदेव गौतम, #विष्णुदेवी पुडासैनी, #शारदादेवी भट्ट, #शेखरकुमार सिंह, #सुरेशकुमार आले मगर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ