सरूवा भएको दुई हप्ता भइसक्दापनि ईटहरी छाडेर काठमाडौं आएनन् रामचरित्र मेहता

काठमाडौं। ईटहरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेपाल शिक्षा सेवाका रामचरित्र मेहता सरूवा भएको दुई हप्ता भइसक्दा पनि काठमाडौं फर्किएका छैनन्। युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएका उनी काठमाडौं नआई ईटहरीमै रमाईरहेका छन्।
प्रशासन सेवाका सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने ठाउँमा शिक्षाका सहसचिव मेहतालाई ईटहरी उपमहानगरपालिकाको नेतृत्व दिएर पठाइएको थियो। गत माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ईटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेहतालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको थियो। तर, उनी अहिलेसम्म खेलकुद मन्त्रालयमा हाजिर भएका छैनन्।
३ वर्ष अघि ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका मेहतालाई ईटहरी छाड्न मुस्किल परेको छ। स्थानीय तहको स्वाद पाएका उनलाई शिक्षाको दरबन्दीमा फर्किन गाह्रो परेको देखिन्छ।
ईटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छाड्न नमानेका मेहता पनि दुई-दुई पटक मधेशी कोटा प्रयोग गर्नेमा पर्छन्। २०६९ असोजमा मधेशी कोटाबाट प्रशासन तर्फको शाखा अधिकृत बनेका रामचरित्र २०७८ पुसमा त्यहिँ कोटाबाट शिक्षा तर्फको सहसचिव बने। उनी यति शक्तिशाली देखिएकी शिक्षातिर कै सहसचिव भएपनि ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पड्काउन सफल भए।
क्याटेगोरी : समाचारट्याग : #युवा तथा खेलकुद मन्त्रालय, #रामचरित्र मेहता इटहरी उपमहानगरपालिका, #रामचरित्र मेहता सहसचिव
तपाईको प्रतिक्रिया दिनुहोस